दार्चुलामा नेपाली कांग्रेसका एक जना वडा उपसभापति एमाले पार्टीमा प्रवेश गरेका छन्।
जिल्लाको महाकाली नगरपालिका–२ का कांग्रेस वडा उपसभापति शंकरसिंह डोबाल एमालेमा प्रवेश गरेका हुन्।
उनी महाकाली नगरपालिका–२ मा शनिबार सम्पन्न एमालेको वडा अधिवेशनबाट सचिव बनेका हुन्।
यसअघि असोज ९ मा भएको कांग्रेसको वडा अधिवेशनमा डोबाल उपसभापति चयन भएका थिए।
‘उहाँ (डोबाल) ले पार्टी छाड्ने भन्ने कुरा सभापतिज्यू, हामी कसैलाई पनि जानकारी दिनुभएन’, नेपाली कांग्रेसबाट निर्वाचित महाकाली नगरपालिका–२ का वडासदस्य गणेश सिंह फरालले नेपालखबसँग भने, ‘एक्कासि हिजो एमालेको वडा सचिव बन्नुभयो।’
2.4k
Shares
प्रतिक्रिया