पर्यटन तथा नागरिक, उड्डयनमन्त्री प्रेम आले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रमक शैलीमा प्रस्तुत भएका छन्।
नेकपा (एकीकृत समाजवादी) कञ्चनपुरको विस्तारित बैठकलाई सम्बोधन गर्दै मन्त्री आलेले ओलीप्रति कटाक्ष गर्दै ‘पकेट मार’को संज्ञा दिएका छन्।
‘माधव कमरेडले जीवनभर पसिना बगाएर बनाएको घरमा एउटा पकेट मार छिर्याे’ ओलीप्रति व्यंग्य गर्दै पर्यटनमन्त्री आलेले भने, ‘पकेट मारले ट्याक्क कैँचीले काटेर घर मालिकको लालपुर्जा लिएर टाप कस्यो।’
माधव कुमार नेपालले पार्टी संगठन निर्माणमा जीवन भर पसिना बगाएको र अहिले आएर ओलीले सबै भताभूंग पारेको उनले टिप्पणी छ। एकीकृत समाजवादीका नेतासमेत मन्त्री आलेले केपी ओलीको पत्तासाफ भएको जिकिर पनि गरे।
‘संघीय सरकार गइसक्यो, प्रदेश सरकार गइसक्यो। पत्ता साप भइसक्यो। तर अझै पनि घमण्ड यथावत छ’ उनले भने।
618
Shares
प्रतिक्रिया