प्रमुख प्रतिपक्षी नेकपा एमालेनिकट अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध शुक्रबार मसाल जुलुस निकालेको छ।
गठबन्धन सरकारले पेट्रोल पदार्थ मूल्य लगातार बढाइरहेको बताउँदै अनेरास्ववियुले राजधानीको त्रिचन्द्र क्याम्पस अगाडिबाट मसाल जुलुस निकालेको हो।
एमालेनिकट विद्यार्थीहरुले निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ।
मूल्य वृद्धिको विरोधमा सत्तारुढ कांग्रेस, माओवादी र एकीकृत समाजवादीनिकट विद्यार्थीहरुले पनि आन्दोलन घोषणा गरेका छन्।
57
Shares
प्रतिक्रिया