ad ad

राजनीति


कञ्चनपुरमा एमाले महाधिवेशन प्रतिनिधि छनोट :कतै सर्वसम्मत, कतै चुनाव

कञ्चनपुरमा एमाले महाधिवेशन प्रतिनिधि छनोट :कतै सर्वसम्मत, कतै चुनाव

गोकुल जोशी
कात्तिक २८, २०७८ आइतबार १२:९, काठमाडौँ

कञ्चनपुरमा १० औँ महाधिवेशनका लागि प्रतिनिधि छान्न कतै चुनाव त कतै सर्वसम्मत भएको छ।

निर्वाचन क्षेत्र नम्बर ३ बाट नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनका लागि सर्वसम्मत प्रतिनिधि छनोट भएका छन्। 

यहाँबाट खुलातर्फ संघीय सांसद डा. दीपकप्रकाश भट्ट, भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट, सुदूरपश्चिम प्रदेश कमिटी सदस्य कृष्णदेव पन्त र महिलातर्फ खिमा चन्द प्रतिनिधि छनौट भएको सर्वसम्मत छनोट भएको नेकपा एमाले कञ्चनपुरले जनाएको छ। 

यस्तै दलिततर्फ नरबहादुर बिक र भारमल सुनार निर्विरोध रुपमा महाधिवेशन प्रतिनिधि चयन भएका छन्। 

१२ जना उम्मेदवारबाट ४ जना महाधिवेशन प्रतिनिधि छनोट गरेको हो। 

निर्वाचन क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधिका लागि खुलातर्फ गगन खत्री, चन्द्रसिंह धामी, हरि धनाडी, जनक अवस्थी, हरिप्रसाद जोशी, महेश पन्त, विष्णु अवस्थी र महिलातर्फ चिनी गिरीले उम्मेदवारी दिएका थिए। 

सहमति नजुटेपछि शनिवार आकांक्षीहरूले जिल्ला इन्चार्ज निरु पाल र अध्यक्ष वीरबहादुर थापा (पातल)ले गरेको निर्णय मान्य हुने निर्णय गरेका थिए। 

उता निर्वाचन क्षेत्र नम्बर १ मा आकांक्षीबीच सहमति नजुटे पछि प्रतिनिधि छनौटका लागि आइतबार निर्वाचन भइरहेको छ।

५ जना महाधिवेशन प्रतिनिधिका लागि १० जनाको उम्मेदवारी परेको छ। खुलातर्फ ४ जना प्रतिनिधिका लागि जिल्ला अध्यक्ष वीरबहादुर थापा ‘पातल’, सहसचिव पल्लवराज भट्ट, रोशन खड्का, हिरासिंह विष्ट, खेम सुवेदी, रामचन्द्र नेपाल, भक्तबहादुर अधिकारी र खेमराज ओझा चुनावी मैदानमा छन्।

महिलातर्फ बेलौरी नगरपालिकाकी उपमेयर चित्रादेवी चौधरी र भूमिसम्बन्धी समस्या समाधान आयोग कञ्चनपुरकी पूर्व अध्यक्ष कमला बोहराको उम्मेदवारी छ। 

शनिबार सुशीला खत्री, इन्दु कडरिया, कमला कार्की, करम रानाले उम्मेदवारी फिर्ता लिएका थिए। 

प्रतिनिधि छनौटका लागि क्षेत्र अन्तर्गत पर्ने चार वटै पालिकामा निर्वाचन सुरु भएको नेकपा एमाले (कञ्चनपुर)का सहसचिव पल्लवराज भट्टले बताए।

उनका अनुसार मतदानका बेलडाँडी, लालझाडी, पुनर्वास र बेलौरीमा गरेर ४ स्थानमा केन्द्र राखिएका छन्। ‘मतदान सम्पन्न भए पछि बेलुका मतपेटिका बेलौरी ल्याइने छ।’ उनले भने, ‘बेलुकादेखि बेलौरीमा मतगणना हुने छ।’

क्षेत्र नम्बर १ मा खुलातर्फ २ हजार ८ सय ६ जना र महिलामा ३ सय ८४ जना संगठित सदस्य छन्। उनीहरुले नै मतदान गरेर प्रतिनिधि छनौट गर्ने छन्। 

यस्तै निर्वाचन क्षेत्र नम्बर २ मा सहमतिको प्रतिनिधिका आकांक्षीबीच सहमतिको जुटाउने प्रयास भइरहेको छ। नेकपा एमाले कञ्चनपुरकी इन्चार्ज निरु पाल अहिले सो क्षेत्रका आकांक्षीबीच सहमति जुटाउन त्यहाँ गएकी छिन्।

निर्वाचन क्षेत्र १ मा ५ जना महाधिवेशन प्रतिनिधिका लागि १५ जनाको उम्मेदवारी परेको छ। शनिबार सहमति नजुटेपछि सोमबारसम्मका लागि निर्वाचन तालिका हेरफेर गरिएको थियो। खुल्लातर्फ १३ जनाको उम्मेदवारी छ। महिलातर्फ २ जनाको उम्मेदवारी परेको छ। 

क्षेत्र नं. २ मा महाधिवेशन प्रतिनिधिको दौडमा संघीय सांसद नरबहादुर धामी, पूर्व सांसद कृपाराम राना, बेदकोट नगरका मेयर अशोककुमार चन्द, जिल्ला सहसचिव रणबहादुर महरा, युवा संघ नेपालका निवर्तमान अध्यक्ष बचनबहादुर सिंह र जिल्ला उपाध्यक्ष लक्ष्मी बुढालगायत १५ जना छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .