ad ad

राजनीति


कञ्चनपुर १ मा चुनाव गरेर एमाले महाधिवेशन प्रतिनिधि चयन

कञ्चनपुर १ मा चुनाव गरेर एमाले महाधिवेशन प्रतिनिधि चयन

एमाले महाधिवेशन चयनका लागि कञ्चनपुर क्षेत्र नम्बर १ मा भएको चुनावको मत गणना गरिँदै।


गोकुल जोशी
कात्तिक २९, २०७८ सोमबार १०:१५, काठमाडौँ

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनका लागि कञ्चनपुर क्षेत्र नम्बर १ मा निर्वाचनबाट प्रतिनिधि छनोट गरिएको छ। 

निर्वाचन क्षेत्र नम्बर १ बाट एमाले कञ्चनपुरका अध्यक्ष वीरबहादुर थापा (पातल) सहित ५ जना प्रतिनिधि चयन भएको प्रमुख निर्वाचन अधिकृत वेदप्रसाद उपाध्यायले जानकारी दिए।

उनका अनुसार खुलातर्फ अध्यक्ष थापाले सबैभन्दा बढी १ हजार ५ सय १७ मतसहित महाधिवेशन प्रतिनिधिमा विजयी भएका हुन्।

यस्तै एमाले कञ्चनपुर सहसचिव पल्लवराज भट्ट (१,१५३), भक्तबहादुर अधिकारी (८०६) र हिरासिंह विष्ट (७४१) प्रतिनिधि बन्न सफल भएका छन्। 

खुलातर्फ ४ प्रतिनिधिका लागि ८ जनाले चुनावी प्रतिस्पर्धा गरेका थिए। 

खुलातर्फका अन्य उम्मेदवार रोशनबहादुर खड्का (७२६), खेम सुवेदी (६५०), रामचन्द्र नेपाल (४८५)  र खेमराज ओझाले (२७०) मत प्राप्त गरेका छन्। 

यस्तै महिलातर्फ ९ सय २६ मतसहित भूमिसम्बन्धी समस्या समाधान आयोग (कञ्चनपुर) की पूर्वअध्यक्ष कमला बोहरा महाधिवेशन प्रतिनिधि बनेकी छन्। उनकी प्रतिद्वन्द्वी बेलौरी नगरपालिकाकी उपमेयर चित्रादेवी चौधरीले ७ सय २३ मत प्राप्त गरेकी थिइन्। 

महाधिवेशन प्रतिनिधिका लागि आंकाक्षी बढी भएकाले सहमति नजुट्दा आइतबार निर्वाचन भएको थियो। 

निर्वाचन क्षेत्र नम्बर १ मा खुलातर्फ २ हजार ८ सय ६ संगठित सदस्य छन्। तीमध्ये १ हजार ७ सय ४० जनाले मात्रै मतदान गरेका थिए।

तीनवटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरको क्षेत्र नम्बर २ मा समहतिको प्रयास जारी छ भने ३ नम्बरमा सर्वसम्मतीबाट प्रतिनिधि चयन भइसकेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .