ad ad

राजनीति


प्रतिनिधि छनोटप्रति आपत्ति जनाउँदै एमालेका पूर्व सांसदले दिए पार्टीले ठूलो मूल्य चुकाउनुपर्ने चेताबनी

प्रतिनिधि छनोटप्रति आपत्ति जनाउँदै एमालेका पूर्व सांसदले दिए पार्टीले ठूलो मूल्य चुकाउनुपर्ने चेताबनी

एमाले नेता तथा संविधानसभा सदस्य कृपा राना


गोकुल जोशी
मंसिर ३, २०७८ शुक्रबार ८:५०, काठमाडौँ

नेकपा (एमाले) को १० औँ राष्ट्रिय महाधिवेशनका लागि  आदिवासी जनजाति समुदायको प्रतिनिधित्व शून्य पारिएको भन्दै रानाथारु समुदायका नेताहरुले आक्रोश व्यक्त गरेका छन्।

महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्दा कञ्चनपुरबाट आदिवासी जनजातिको उपस्थिति शून्य पारिएको भन्दै एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्यसमेत रहेका संविधानसभा सदस्य कृपा रानाले असन्तुष्टि व्यक्त गरे।

नेपाल सरकारले नै २०७६ सालमा रानाथारुलाई आदिवासी जनजातिको रुपमा पहिचान गरिसकेको अवस्थामा समावेशीको नारा लगाउने एमालेले अपमानित हुने गरी प्रतिनिधि छनोट गरेको उनको आरोप छ। 

कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर २ बाट राना महाधिवेशन प्रतिनिधिका आकांक्षी थिए। तर, आफूलाई ‘बाइपास’ गरेर आदिवासी जनजाति समुदायको प्रतिनिधित्व नगरी महाधिवेशन प्रतिनिधि छनोट गरिएको रानाको आरोप छ।

‘हिजो सशस्त्र विद्रोह र त्यसअघि देखि नेकपा एमालेको प्रतिनिधि खोज्नुपर्ने अवस्थामा पनि सतिसालझैं नेकपा एमालेको पक्षमा उभिएँ। तर, आज मलाई नै बाइपास गरिएको छ,’ उनले भने, ‘यो मेरो र रानाथारु समुदायको मात्र अपमान नभइ अनवरत पार्टीप्रति इमान्दार भएर संघर्ष गर्ने नेता–कार्यकर्ताको अपमान हो।’ 

उनले एमालेले रानाथारु समुदायलाई भोटबैंकको रुपमा मात्रै प्रयोग गरेको भन्दै आक्रोश व्यक्त गरे। प्रतिनिधि छनोटको समयमा आफूलाई बाइपास गरेपछि कञ्चनपुर इन्चार्ज निरुदेवी पाल, अध्यक्ष बिरबहादुर थापा (पातल) र सचिव सुरेन्द्र विष्टले मोबाइल अफ गरेकोमा आपत्ति प्रकट गरेका छन्। 

‘प्रतिनिधि छनोटको सयमा जिम्मेवार व्यक्तिहरु पार्टी इन्चार्ज, अध्यक्ष र सचिवले नै मोबाइल अफ गरे,’ उनले भने, ‘लोकतान्त्रिक प्रणाली, समावेशी प्रणाली भने पनि पार्टी र संगठनलाई बदनाम गर्नका लागि हामीहरुलाई बाहिर राखिएको छ।’

उनले कञ्चनपुरको क्षेत्र नम्बर १ र २ मा निर्णायक मत रहेको रानाथारु समुदायलाई नसमेटेर एमालेले ठूलो गल्ती गरेको र यसको मूल्य चुकाउनुपर्ने चेतावनी समेत उनले दिएका छन् । ‘अहिले पार्टीप्रति झुकाव बढिरहेको र अधिकांश रानाथारु एमालेमा लागिरहेको अवस्थामा पार्टीलाई कमजोर गर्नका लागि भएको यस्तो खेलले पार्टीले ठूलो मूल्य चुकाउनुपर्ने छ,’ उनले भने।

कञ्चनपुरमा रानाथारुको जनसंख्या करिब अढाई लाख छ। रानाले यति ठूलो जनसंख्यालाई नेकपा एमालेले अपमान गरेको आरोप लगाए।
 
क्षेत्र नम्बर १ मा निर्वाचनमार्फत एमाले (कञ्चनपुर) का अधयक्ष बिरबहादुर थापा (पातल), सहसचिव पल्लवराज भट्ट, भूमि सम्बन्धि समस्या समाधान आयोग कञ्चनपुर की पूर्वअध्यक्ष कमला बोहरा, हिरा सिंह बिष्ट र भक्तराज अधिकारी प्रतिनिधि छानिएका छन्। 

यस्तै निर्वाचन क्षेत्र नम्बर २ बाट संघीय सांसद नरबहादुर धामी, बेदकोट नगरपालिका मेयर अशोक कुमार चन्द, युवा संघका निवर्तमान अध्यक्ष बचन बहादुर सिंह, रणबहादुर महरा, चाँदनी धामी र लक्ष्मी बुढालाई एमाले कञ्चनपुरले प्रतिनिधि छानेको छ।

निर्वाचन क्षेत्र नम्बर ३ बाट संघीय सांसद डा.दीपकप्रकाश भट्ट, एमाले जिल्ला सचिव सचिव तथा भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट, कृष्णदेव पन्त, खिमा चन्द, नरबहादुर विश्वकर्मा र भारमल सुनार प्रतिनिधि चयन भएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .