ad ad

राजनीति


जहाँ एमालेले महाधिवेशनपछि नगर अधिवेशन गर्ने!

जहाँ एमालेले महाधिवेशनपछि नगर अधिवेशन गर्ने!

गोकुल जोशी
मंसिर ४, २०७८ शनिबार ७:३०, काठमाडौँ

यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा १०औं राष्ट्रिय महाधिवेशन गर्न लागेको नेकपा एमालेले कञ्चनपुरको एक स्थानीय तहमा अझै पालिका अधिवेशन गर्न सकेको छैन। जिल्लाका ९ स्थानीय तहमध्ये वेदकोट नगरपालिकामा एमालेले अधिवेशन गर्न नसकेको हो।

यसबाहेक एमालेले कञ्चनपुरका सबै वडा र पालिका अधिवेशन सम्पन्न गरेको छ भने तीनवटै निर्वाचन क्षेत्रबाट १६ जना महाधिवेशन प्रतिनिधि छानिसकेको छ। 

तर आकांक्षी बढी हुँदा वेदकोट नगरपालिकाको अधिवेशन गर्न एमाले (कञ्चनपुर) लाई सकस परेको हो। पद दाबी गर्ने धेरै भएकाले नयाँ नेतृत्व चयन हुन नसकेको वेदकोट नगर कमिटीमा सचिवका आकांक्षी नरेश सिंहले बताए। उनका अनुसार लामो समयदेखि छलफल भइरहे पनि सहमति हुन सकेको छैन।

अध्यक्षसहित ५ जना पदाधिरीका लागि वेदकोटमा २१ जनाको उम्मेदवारी परेको छ। अध्यक्ष पदका लागि मात्रै ५ जनाले दाबी गरेका छन्। अमरबहादुर सिंह, चेतराम कामी, केशवबहादुर रावल, वीरेन्द्रबहादुर शाह र हरिश भाटले एमाले वेदकोट नगर अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्।  

यस्तै उपाध्यक्षका लागि सीता बोहरा, जयबहादुर बोहरा, कलावती ठगुन्ना, भाष्करदत्त भट्ट, गंगोत्री जोशी र हरी गिरीको उम्मेदवारी परेको छ। सचिवमा प्रविन बोगटी र नरेश सिंहले दाबी गरेका छन्।

सहसचिवमा लक्ष्मीदत्त पन्त, मोहनबहादुर चन्द, हरिनाकुमार विष्ट, जगदिशप्रसाद भट्ट, दलबिर टमाटा, खुसीराम चौधरी, अन्तराम पन्त र प्रेमबल्लभ भट्टले उम्मेदवारी दिएका छन्।

नगर कमिटी सर्वसम्मत चयन गर्ने प्रयास गरिएकाले अधिवेशन लम्बिएको नेकपा एमाले (कञ्चनपुर) का सहसचिव पल्लवराज भट्टले बताए। उनका अनुसार महाधिवेशनपछि नगर कमिटी टुंगिनेछ।

​‘महाधिवेशनको तयारी हुनाले थप छलफल परामर्श गर्न सकिएको छैन। सर्वसम्मत रूपमा कमिटी गठन गरिन्छ। चुनाव हुँदैन’, उनले नेपालखबरसँग भने, ‘त्यसका लागि अध्यक्ष र इन्चार्जलाई जिम्मेवारी दिइएको छ। महाधिवेशनपछि कमिटी टुंगिन्छ।’

कञ्चनपुरका ८ स्थानीय तहमा भने एमालेले नयाँ नेतृत्व चयन गरिसकेकाे छ।

जसअनुसार भीमदत्त नगरपालिकामा हिमाल चन्द, शुक्लाफाँटामा  भक्तराज जोशी, दोधाराचाँदनीमा हरिसिंह धनाडी, कृष्णपुरमा गणेशसिंह ऐर, बेलौरीमा बाबुराम न्यौपाने, पुनर्वासमा पदम पुजारा, बेलडाँडी गाउँपालिकामा लक्ष्मण भाट र लालझाडीमा ओमप्रकाश राना सर्वसम्मत अध्यक्ष भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .