रुपन्देहीमा नेपाली कांग्रेसकाे जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा नेतृत्व टुंग्याउने सहमति भएको छ। वर्तमान जिल्ला सभापति अब्दुल रज्जाकले गृहमन्त्री बालकृष्ण खाण, सांसद भरतकुमार शाह, पूर्वजिल्ला सभापति रामचन्द्र ढकाल लगायतसँग छलफल राखेर सर्वसम्मतको पहल गराएका हुन्।
शुक्रबार भएको छलफल अनुसार संस्थापन अर्थात देउवा पक्षले सभापति, एक सचिव र सहसचिव पाउने छ। संस्थापन इतर अर्थात पौडेल पक्षले उपसभापति, एक सचिव र एक सहसचिव लिने र भरतकुमार शाह पक्षलाई उपसभापति दिने सहमति भएको थियो।
स्रोतका अनुसार रामकृष्ण खाण सभापति बनाउने सहमति भएको छ। अरु पदाधिकारीको बारेमा छलफल भइरहेको बताइएको छ।
जिल्ला सदस्यहरुमा पनि भागवण्डा भएको छ। जस अनुसार संस्थापन पक्षले ४० इतर पक्षले ४० र भरतकुमार शाह पक्षलाई २० प्रतिशत सदस्य दिने एक खालको सहमति भएको छ।
सहमतिको पूर्ण खाका तयार नभइसकेको र थप छलफल गर्नुपर्ने भन्दै जिल्ला अधिवेशन एक दिन पर सारिएको छ।
सर्वसम्मत नेतृत्व चयनको लागि समय मागेकाले आज हुने अधिवेशनको कार्यतालिका भोलिलाई सारिएको जिल्ला निर्वाचन अधिकृत भेषनारायण घिमिरेले बताए।
कार्यतालिका अनुसार शुक्रबार मनोनयन दर्ता र शनिवार मतदान हुने तय भएको थियो।
Shares
प्रतिक्रिया