राष्ट्रिय सभा सदस्य दृगनारायण पाण्डेय नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। कपिलवस्तु क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन्।
देउवा पक्षका उनी पौडेल पक्षको बाहुल्य रहेको क्षेत्रबाट पराजित भएका हुन्। २०७४ सालमा एमालेबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका उनी गत वैशाखमा प्रदेश सभा सदस्यबाट राजीनामा दिएर कांग्रेसमा प्रवेश गरेका थिए।
आफू विरुद्ध अविश्वासको प्रस्ताव आएपछि तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलले सत्ता जोगाउन राजीनामा गरेर नियुक्तिको लागि दाबी पेश गरेपछि पाण्डेले प्रदेश सभा सदस्यबाट राजीनामा दिएका थिए।
कांग्रेस, माओवादी सहितको गठबन्धनबाट उम्मेदवार बनेर लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा विजयी भएका थिए।
२०७४ सालको निर्वाचन अघि पनि उनी कांग्रेस नै थिए। तर प्रदेश सभा चुनावको लागि टिकट नपाएपछि एमाले भएका थिए। सोही जिल्लाको सोही क्षेत्रबाट कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंह पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्।
कपिलवस्तु क्षेत्र नम्बर २ बाट नेपाल प्रहरीका पूर्व एसएसपी विक्रमसिंह खड्का महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। प्रहरी सेवाबाट अवकाश पाएपछि ३ वर्षअघि कांग्रेस प्रवेश गरेका थिए। थापा कपिलवस्तु, रुपन्देही, काठमाडौं लगायतका जिल्लाको प्रहरी प्रमुख भइसकेका छन्।
क्षेत्रीय अधिवेशन अन्तर्गत कपिलवस्तु १ को क्षेत्रीय सभापतिमा अब्दुल मन्नान, २ को क्षेत्रीय सभापतिमा केशव श्रेष्ठ र ३ को क्षेत्रीय सभापतिमा ब्रह्मानन्द उपाध्याय विजयी भएका छन्।
Shares
प्रतिक्रिया