ad ad

राजनीति


देउवाको गृहप्रदेशमा पौडेल पक्ष ‘क्लिन स्वीप’

देउवाको गृहप्रदेशमा पौडेल पक्ष ‘क्लिन स्वीप’

फाइल तस्बिर


गोकुल जोशी
मंसिर १९, २०७८ आइतबार १२:२२, कञ्चनपुर

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह प्रदेश सुदूरपश्चिममा संस्थापन शेरबहादुर देउवानिकट प्यानल नै विजयी भएको छ। 

पूर्वमन्त्री वीरबहादुर बलायरको नेतृत्वमा रहेको देउवा पक्षीय प्यानलसँग पौडेल पक्ष पराजित भएको हो।

आइतवार बिहान सम्पन्न मतगणना अनुसार सभापतिमा ६८८ मत ल्याएर बलायर विजयी भएको निर्वाचन अधिकृत गंगाराम पाण्डेयले जानकारी दिए। 

सभापतिमा बलायरका  निकटतम प्रतिद्वन्द्वी पौडेल समूहका नारायणदत्त मिश्रले २८० मत प्राप्त गरेका छन्।‘पदाधिकारीको मतगणना सकिएको छ, सदस्यहरुको अझै जारी नै छ,’ पाण्डेयले भने।

उपसभापतिमा देउवा पक्षका जनकराज चौधरी र लोकराज अवस्थी निर्वाचन भएका छन्। चौधरीले ६१० मत प्राप्त गरे भने अवस्थीले ५२३ मत ल्याएका छन्।

उपसभापतिमा पौडेल प्यानलका गोपाल गुरुङ, मनबहादुर रावल पराजित भएका छन्। उनीहरुले क्रमशः २८१, २६३ मत प्राप्त गरे।  यस्तै उपसभापतिकै अर्का उम्मेदवार हिम बहादुर रावलले १२१ मत मात्रै ल्याउन सके। 

महामन्त्रीमा पनि देउवा निकट नरनारायण शाह ६४८ र मेघराज खड्का ६३५ मत सहित विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी प्रताप गुर्धामी र राम बहादुर शाहीले क्रमशः २१४ र ३०३ मत प्राप्त गरे।

यस्तै सहमहामन्त्रीमा गोपाल दत्त भट्ट ५२९, चिन्तामणि भट्ट ५३३ र अम्बिका कुमारी चलाउने ६८६ मत सहित विजयी भए। यी तीनै जना देउवा पक्षका उम्मेदवार हुन। 

सुदूरपश्चिम प्रदेश कार्य समितिको नेतृत्व चयनका लागि शनिबार धनगढीमा मतदान भएको थियो। मतदानमा एक हजार ३ मत खसेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .