नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा लुम्बिनी प्रदेशबाट ६८३ जना महाधिवेशन प्रतिनिधिले भाग लिँदै छन्।
प्रदेशका १२ वटा जिल्ला मध्ये सबै भन्दा धेरै रुपन्देहीबाट १३१ जना प्रतिनिधि सहभागी हँदैछन्।
रुपन्देहीका ५ निर्वाचन क्षेत्रबाट उनीहरु चुनिएका हुन्। त्यसैगरी कपिलवस्तुबाट ७७ जना, गुल्मी र पाल्पाबाट ५३–५३ जना, नवलपरासी पश्चिमबाट ५२ जना र अर्घाखाँचीबाट २६ जना प्रतिनिधिले कांग्रेसको केन्द्रीय नेतृत्व चुन्न मतदान गर्न पाउनेछन्।
यसैगरी दाङ र बाँकेबाट ७९, बर्दियाबाट ५३, रोल्पा र प्युठानबाट २७, र रुकुम पूर्वबाट २६, प्रतिनिधि सहभागी हुन पाउने कांग्रेसको निर्वाचन समितीले जनाएको छ।
सबै जसो महाधिवेशन प्रतिनिधि काठमाडौं पुगिसकेका छन्।
21
Shares
प्रतिक्रिया