नेकपा एमालेले शुक्रबार देशका ६३ जिल्लामा अधिवेशन गर्दैछ। पार्टीको दसौँ महाधिवेशन सकिसकेपछि एमाले जिल्ला अधिवेशनमा होमिएको हो।
एमाले काठमाडौं जिल्ला कमिटीले पनि शुक्रबार राजधानीको मूलपानीस्थित क्रिकेट स्टेडियममा अधिवेशन गर्दैछ।
उक्त अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन्। काठमाडौं जिल्ला कमिटीले पनि सर्वसम्मत नेतृत्व चयन तयारी गरेको छ।
अधिवेशनअघि एमाले कार्यकर्ताले ठाउँ ठाउँबाट जुलुस निकाले थिए। जुलुसमा विभिन्न सांस्कृतिक झाँकी र नाचगान पनि गरिएको थियो।
255
Shares
प्रतिक्रिया