नेकपा एमाले कपिलवस्तुको अध्यक्षमा डम्मर शर्मा विजयी भएका छन्। शनिबार भएको निर्वाचनमा २ सय ३८ मत प्राप्त गरी शर्मा जिल्ला अध्यक्ष चुनिएका हुन्।
उनका प्रतिस्पर्धीद्वय बाबुराम खनालले १८६ मत र नेत्र अधिकारीले १ सय भाेट पाए।
यस्तै उपाध्यक्षमा विश्रामप्रसाद थारु ३ सय ४५ मतका साथ विजयी भएका छन्। प्रतिस्पर्धी हीरालाल पौडेलले १ सय ६६ मत ल्याए।
सचिव पदमा भने सुरुमा विश्व कार्की चुनिएकाे भनिए पनि पुन: मत गणना गर्दा सीबी गहतराज २ मत बढी ल्याएर विजयी भएका छन्।
सार्वजनिक अन्तिम परिणामअनुसार विजयी गहतराजले १ सय ७८ मत ल्याएका छन् भने कार्कीले १ सय ७६ भाेट पाएका छन्।
यस्तै उपसचिव खुलामा अर्जुन केसी १३१ मत प्राप्त गरी विजयी भएका छन्। केसीले १ सय ३१ मत प्राप्त गर्दा पराजित विकास आचार्यले ६१, तेजेन्द्र पाण्डेले ५८, विनोद चौधरीले २६ भाेट ल्याएका छन्।
महिला उपसचिवमा भने सुशीला दर्लामी सर्वसम्मत चयन भइसकेकी छन्।
यी पनि :
एमाले अधिवेशन : २० जिल्लामा नेतृत्व चयन, यी हुन् अध्यक्ष
सुदूरपश्चिममा एमाले अधिवेशन : कुनै जिल्लामा जुटेन सहमति, निर्वाचन हुँदै
Shares
प्रतिक्रिया