नेकपा एमाले डडेल्धुराको अध्यक्षमा प्रकाश साउद सर्वसम्मत चयन भएका छन्।
आठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा साउद दोस्रो पटक चयन भएका हुन्।
नेतृत्वका आकांक्षीबीच सहमति नजुटेपछि डडेल्धुरामा निर्वाचनका लागि मनोनयन दर्ता भएको थियो।
अध्यक्ष पदमा अमरगढी नगरपालिकाका मेयर विश्वेश्वरप्रसाद ओझाले पनि उम्मेदवारी दिएका थिए। तर, अन्तिममा उनले साउदलाई नै समर्थन गरेका हुन्।
यस्तै, उपाध्यक्षमा धनबहादुर धामी (विवेक), सचिवमा गजेन्द्र शाही, उप–सचिवमा मीन बोगटी र अन्जु गैरे चयन भएका छन्। अन्य पदमा पनि सहमति प्रयास भइरहेको एमाले डडेल्धुराले जनाएको छ।
27
Shares
प्रतिक्रिया