नेकपा एकीकृत समाजवादीका लिखित निवेदन दिएका १० जनामध्ये ६ जनाले हस्ताक्षर फिर्ता गरेका छन्।
पार्टीका अध्यक्ष माधवकुमार नेपालसमक्ष संसदीय दलको बैठक बोलाउन माग गर्दै लिखित निवेदन दिएका थिए।
सांसदहरू पर्यटनमन्त्री प्रेम आले, कृष्णलाल महर्जन, गोपालबहादुर बम,वीनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढाले पनि हस्ताक्षर गरेको हुन्।
एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेकाअनुसार अन्य बाँकीलाई हस्ताक्षर फिर्ता गराउने तयारी भइरहेको छ। ‘बाँकीले पनि फिर्ता गर्नुहुन्छ, केहीबेरमै सबै थाहा हुन्छ।’ उनले नेपालखबरसँग भने।
संसदीय समितिको बैठक माग गर्दै, प्रेम आले, विरोध खतिवडा, रामकुमारी झाँक्री, गोपालबहादुर बम, बिनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढा, निरा जैरु, कृष्णबहादुर श्रेष्ठ, कृष्णलाल महर्जनले लिखित निवेदन अध्यक्ष नेपालसमक्ष दिएका थिए।
Shares
प्रतिक्रिया