ad ad

राजनीति


सभामुखद्वारा नागरिकता विधेयक प्रमाणित, अब राष्ट्रपतिकहाँ पठाइने

सभामुखद्वारा नागरिकता विधेयक प्रमाणित, अब राष्ट्रपतिकहाँ पठाइने

नेपालखबर
साउन १५, २०७९ आइतबार १७:२८, काठमाडौँ

सभामुख अग्निप्रसाद सापकोटाले नागरिकता विधेयक आइतवार प्रमाणित गरेका छन्।

संसद सचिवालयका अनुसार सापकोटाले प्रतिनिधि सभामा उत्पत्ति भएर संघीय संसदबाट पारित 'नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक' प्रमाणित गरेका हुन्। 

प्रतिनिधिसभाको गत साउन ६ गतेको बैठकले 'नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पारित गरेको थियो। 

त्यसैगरी राष्ट्रिय सभाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ गत साउन १२ गते पारित गरेको थियो।

प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ राष्ट्रियसभाले बहुमतसहित पारित गरेको थियो।

सभामुखले प्रमाणित गरेपछि अब यो विधेयक प्रमाणिकरणका लागि राष्ट्रपतिको कार्यालयमा पठाइनेछ।

राष्ट्रपतिको कार्यालयले प्रमाणिकरण गरेर जारी गरेपछि राजपत्रमा प्रकाशित गरिनेछ। त्यसपछि नयाँ प्रावधान अनुसार विदेशबाट बिहे गरेर आएका महिला तत्कालै नागरिकता पाउनेछन्। त्यस्तै गैरआवासीय नेपालीले पनि दोहोरो नागरिकता पाउनेछन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .