सत्तारुढ नेकपा माओवादी केन्द्रकी सांसद यशोदा सुवेदी गुरुङले २०७८ असार २८ गते कांग्रेस नेतृत्वको गठबन्धनको पक्षमा परमादेश जारी गर्दा दलहरुसँग गरेको बार्गेनिङबारे निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग प्रश्न गरेकी छन्।
प्रतिनिधिसभाद्वारा गठित महाअभियोग सिफारिस समितिमा बयानका लागि बुधबार आएका जबरालाई मुद्दाको फैसला गर्दा दलहरुसँग बार्गेनिङ गरेको कुरा उनले उठाएकी हुन्।
'तपाईंले फैसला गर्दा दलहरुसँग बार्गेनिङ गरेको हो? तपाईंले यही परमादेशका कारण महाअभियोग लगाइयो भन्नुभयो', उनले सोधिन्, 'यदि २०७८ असार २८ को परमादेशसम्बन्धी त्यो फैसला चित्त बुझेको थिएन भने किन फरक मत राख्नु भएन? अहिले यस्तो भन्नु कति जायज हो?'
उनले परमादेशको पक्षमा फैसला दिने क्रममा चित्त नबुझेको भए फरक मत राख्ने अवस्था हुँदा पनि जबराले त्यसो नगरेको भन्दै प्रश्न उठाइन्।
'तपाई त्यस्तो फैसलाको पक्षमा नभएको भए किन फरक मत नराखेको?', उनले थप सोधिन्, 'उक्त फैसलाअघि र पछि पनि तपाईंले राजनीतिक दलहरुसँग बार्गेनिङ गरेको कुरा छ। यो सत्य हो कि होइन?'
स्मरणीय के छ भने जबराले परमादेश दिएबापत सत्तारुढ दलहरुसँग केही मन्त्री पद र अन्य महत्वपूर्ण पदहरु पनि मागेको सार्वजनिक भएको थियो।
यी पनि
- बयान दिन सिंहदरबार पुगेका चोलेन्द्र डेढ घण्टादेखि कुरेको कुर्यै
-
प्रधानन्यायाधीश राणामाथिको महाअभियोगबारे सिफारिस समितिले काम थाल्यो
-
चोलेन्द्रले भने : महाअभियोग निष्क्रिय भइसक्यो, अब यसको औचित्य सकियो
Shares
प्रतिक्रिया