राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) ले आगामी २१ भदौभित्र उम्मेदवारहरु सिफारिस गर्न निर्देशन दिएको छ।
अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको सचिवालय बैठकले आगामी मंसि ४ गते हुने निर्वाचनको लागि उम्मेदवारको नाम पठाउन निर्देशन दिएको हो।
प्रतयक्ष र समानुपातिक उम्मेदवारको नामावली सिफारिस गरे केन्द्रमा पठाउनका लागि जिल्ला समितिहरुलाई निर्देशन दिएको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।
त्यस्तैm, बैठकले निर्वाचनको पूर्व तयारीका विषयमा पनि केही निर्णय गरेको छ।
महामन्त्री सुशील श्रेष्ठले प्रस्तुत गरेको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा कार्यक्रमलाई समेत बैठकले पास गरेको बर्तौलाले जानकारी दिए।
मेचीको काकडभिट्टाबाट भाद्र ३० गते बिहीबार सुरु हुने मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा महाकालीको वनवासामा पुगी काठमाडौं आएर यात्राको समापन हुनेछ।
यसै गरि विभिन्न समान विचारधारा भएका राजनीतिक दल, समुह तथा व्यक्तिहरुसँग आवश्यक छलफल ,परामर्श र बार्ता गर्ने जिम्मेवारी पार्टीका उपाध्यक्ष एवं राजनीतिक विभाग प्रमुख दिलनाथ गिरीलाई दिने निर्णय भएको उनले जानकारी दिए।
बैठकमा महामन्त्री भास्कर भद्राद्वारा प्रत्यक्ष र समानुपातिक उम्मेद्वारी, महामन्त्री केशवराज श्रेष्ठद्वारा सञ्चार, प्रवक्ता सुरेश आचार्यद्वारा प्रचारप्रसार र सहमहामन्त्री दमन वस्नेतद्वारा स्रोत परिचालन सम्बन्धी कार्य प्रगती विवरणबारे समेत छलफल भएको थियो।
Shares
प्रतिक्रिया