ad ad

राजनीति


विमलेन्द्र निधि प्रत्यक्षबाट नउठ्ने, धनुषाबाट समानुपातिकमा सिफारिस

विमलेन्द्र निधि प्रत्यक्षबाट नउठ्ने, धनुषाबाट समानुपातिकमा सिफारिस

फाइल तस्बिर


नेपालखबर
भदौ १७, २०७९ शुक्रबार १२:१३, काठमाडौँ

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ नलड्ने करिब पक्का भएको छ।

२०७४ को निर्वाचनमा राजेन्द्र महतोसँग पराजित भएका निधिले पछिल्लो समय राजनीतिक दौडधूप बढाए पनि समानुपातिकमै बस्ने निर्णयमा पुगेका हुन्। 

उनको नाम धनुषाबाट समानुपातिकतर्फ संघीय संसदको उम्मेदवारमा सिफारिस गरिएको छ। उनी धनुषा–३ बाट समानुपातिकतर्फ संघीय संसदको उम्मेदवारमा सिफारिस भएका हुन्।

कांग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियारले नेता निधिको नाम सर्वसम्मत रुपमा समानुपातिक उम्मेदवारमा सिफारिस गरिएको पुष्टि गरे। 

‘उहाँ (निधि) को नाम समानुपातिकतर्फ सिफारिस भएको छ,’ उनले नेपालखबरसँग भने, ‘यो क्षेत्रबाट उहाँको मात्रै एकल नाम सिफारिस गरेर जिल्लामा पठाएका छौँ।’

जिल्ला सभापति पञ्जियारले धनुषा–३ बाट प्रत्यक्षतर्फ संघीय सांसदको उम्मेदवारका लागि कोही सिफारिस भइनसकेको जानकारी दिए। 

‘प्रत्यक्षतर्फको अहिले कसैको पनि सिफारिस भइसकेको छैन,’ उनले भने, ‘क्षेत्रीय कार्यसमितिले नाम पठाउँछ।’

२०७४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पूर्व उपसभापति निधि धनुषा–३ बाटै प्रत्यक्षतर्फका उम्मेदवार थिए। 

उनी तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका उम्मेदवार राजेन्द्र महतोसँग पराजित भएको थिए। 

म्हतो ३० हजार ७५० मतका साथ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा निधिले २७ हजार ८४७ मत प्राप्त गरेका थिए। 

तेस्रो भएका नेकपा माओवादी केन्द्रका उम्मेदवार रामसिंह यादवले २ हजार ३४६ मत ल्याएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .