ad ad

राजनीति


गठबन्धनमा सहमति भए तनहुँ रामचन्द्रलाई छाडेर बारा आउन तयार छु : किसान श्रेष्ठ

गठबन्धनमा सहमति भए तनहुँ रामचन्द्रलाई छाडेर बारा आउन तयार छु : किसान श्रेष्ठ

बाराका युवाहरुसँग किसान श्रेष्ठ


नेपालखबर
भदौ २८, २०७९ मंगलबार २२:११, काठमाडौँ

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का नेता कृष्णकुमार श्रेष्ठ ‘किसान’ ले मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा आफू बारा क्षेत्र नम्बर ४ बाट उठ्न तयार रहेको बताएका छन्। 

पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीसमेत रहेका उनले  सत्तारुढ गठबन्धनमा सहमति भए साझा उम्मेदवारका रुपमा बारा-४ बाट चुनाव लड्ने बताएका हुन्। 

मंगलवार सिमरामा पार्टी कार्यकर्ता तथा स्थानीयसँग कुरा गर्दै उनले आफू आवश्यकताअनुसार बारा-४ बाट चुनाव लड्नसक्ने बताए।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ–१ बाटै उम्मेदवार बन्ने बताएपछि नेता श्रेष्ठले आफू आवश्यकता अनुसार बारा-४ बाट पनि उठ्न तयार रहेको बताए।

‘मेरो पार्टी एकीकृत समाजवादी र सत्ता गठबन्धनका नेताहरुले बारा-४ मा उम्मेदवार बन्न निर्देशन दिए म यहाँ पनि आउन तयार छु’, नेता श्रेष्ठले भने।

यसअघि जुन क्षेत्रमा जुन दलले जितेको छ, त्यही दलले पाउने  समझदारी भएको थियो। तर सत्ता गठबन्धनबीच सहमति भए आफू तनहुँ १ छोडेर बारा-४ बाट पनि चुनाव लड्न तयार रहेको उनले बताए। 

बारामा ठूला उद्योगमा लगानी गर्दै आएका श्रेष्ठलाई गठबन्धनका नेता-कार्यकर्ता र स्थानीय जनताले पनि बारा-४ मा आउन आग्रह गरेका छन्।

२०७४ सालको निर्वाचनमा श्रेष्ठले तनहुँ–१ बाट ३४ हजार ४ सय ९२ मत ल्याएका थिए। उनीसँग पराजित कांग्रेसका वरिष्ठ नेता पौडेलले २७ हजार ६ सय ९० मत मात्रै ल्याएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .