राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगरेको विषयमा प्रमुख प्रतिपक्षी एमालेमा अलमल देखिएको छ।
एमालेले राष्ट्रपतिको कदम सही पनि भनेको छैन र गलत पनि भन्न सकेको छैन। एमालेका उपमहासचिव समेत रहेका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले यस विषयमा माथि कुरा हुन नपाएको बताए।
‘राष्ट्रपतिको विषयमा मसँग केही पनि कुरा छैन, मैले माथि सम्पर्क गर्न खोजिरहेको छु सम्पर्क हुन सकेको छैन,’ गुरुङले नेपालखबरसँग भने, ‘म अहिले पोखरा छु, माथि कुरा नभई, विषयबारे जानकारी हुँदैन।’
एमाले उपाध्यक्ष सुवास नेम्वाङले विरामी भएर आराम गरिरहेको बताए। राष्ट्रपति भण्डारीले २० भदौमा संसदको दुबै सदनबाट पािरत भएर शितल निवास पुगेको विधेयक प्रमाणीकरण नगरी समय गुजारिदिएकी छन्।
प्रमाणिकरणको अन्तिम म्याद मंगलबार राती १२ बजेसम्म थियो। राष्ट्रपतिले संविधानको घोर उल्लंघन गरेको सत्ता गठबन्धनको ठहर छ । गठबन्धनले विज्ञप्ती नै निकालेको राष्ट्रपतिको कदमप्रति आक्रोश व्यक्त गरेको छ।
संवैधानिक कानुनका जानकार व्यक्तिहरुले पनि राष्ट्रपतिको कदमप्रति असन्तुष्टि जनाएका छन्। पूर्व न्यायाधीस बलराम केसीले राष्ट्रपतिले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने बताएका छन्।
Shares
प्रतिक्रिया