पछिल्लो समय डेंगु रोग महामारीकै रुपमा अघि बढ्ने दखिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री जनार्दन शर्मालाई बजेट सुनिश्चित गर्न भनेका छन्।
आज बालुवाटारमा अर्थ मन्त्रालयको टिमलाई नै बोलाएर बजेटको स्रोत सुनिश्चितता गर्न निर्देशन दिएका हुन्।
अर्थसचिव कृष्णहरि पुष्करले नेपालखबरलाई दिएको जानकारीअनुसार प्रधानमन्त्रीले यस रोगसँग सम्बन्धित माग आएको खण्डमा स्रोत सुनिश्चिता गरिदिन भनेका हुन्।
अर्थसचिव पुष्करले भने, ‘सरकारले त्यसमा नियन्त्रणको लागि केही कदम उठाउन लागेको र त्यसका लागि बजेटको हिसाबमा प्रधानमन्त्रीज्यूले अर्थको सहयोगको अपेक्षा राख्नु भएको हो।’
पहिलो त्रैमासमा थप बजेट निकाशा तथा रकमान्तर गर्न पाइँदैन तर पनि विशेष परिस्थितिको लागि ऐनले बाटो खुल्ला गरिदिएको छ।
त्यसकारण निर्वाचन, महामारी लगायतमा बजेट निकाशा भैरहेको उनले स्पष्ट पारे।
Shares
प्रतिक्रिया