ad ad

राजनीति


प्रमुख आयुक्त थपलिया भन्छन् : निर्वाचन आचारसंहिता उल्लंघन टुलुटुलु हेरेर बस्दैनौँ

केहीलाई स्पष्टीकरण सोध्दैमा भुइँचालो आएको भनाइ
प्रमुख आयुक्त थपलिया भन्छन् : निर्वाचन आचारसंहिता उल्लंघन टुलुटुलु हेरेर बस्दैनौँ

नेपालखबर
कात्तिक ४, २०७९ शुक्रबार १२:३, विराटनगर

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारवाही गरेर छाड्ने बताएका छन्। 

उनले  आचारसंहिता उलङ्घन गर्ने दल र उमेदवारका गतिविधि आयोगले टुलुटुलु हेरेर नबस्ने बताए। 

आचारसंहिता उल्लंघन गर्नेलाई स्पष्टीकरण सोध्दैमा कोकोहोलो मच्चाउने प्रवृत्ति बढेको भन्दै थापलियाले आयोगले कारबाही गरेर जाने बताए। 

विराटनगरमा शुक्रबार प्रदेशस्तरीय सञ्चारसम्बन्धी अभिमुखीकरण कार्यक्रममा प्रमुख आयुक्त थपलियाले स्पष्टीकरण सोध्दैमा तरंग आएको बताए। 

'अयोगका पछिल्ला निर्णयले अब भूकम्प नै ल्याउने छ', उनले भने, 'स्पष्टीकरण कारवाही नभएर प्रकृयाको शुरूवात मात्रै हो।'

प्रदेशस्तरीय अन्तरक्रियामा उनले सञ्चारमाध्यमलाई राजनीतिक दलका घोषणापत्रबारे पनि बहस चलाइदिन अग्रह गरे। 

उनले निर्वाचनको स्वच्छताले मात्रै लोकतन्त्र सबल हुने बताएका छन्। 

प्रमुख अयुक्त थपलियाले मतदाता परिचय पत्र नभए पनि मतदानबाट बञ्चित नगरिने बताए। 

'लालपूर्जा, नागरिकता, राष्ट्रिय परिचयपत्र वा आधिकारिक निकायबाट जारी फोटोसहितको परिचय पत्र भएपनि हुन्छ', उनले अगाडि भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .