ad ad

राजनीति


देउवालाई ओलीको व्यङ्ग्य : कठैबरा, प्रधानमन्त्री ज्यू!

देउवालाई ओलीको व्यङ्ग्य : कठैबरा, प्रधानमन्त्री ज्यू!

नेपालखबर
कात्तिक २१, २०७९ सोमबार १४:७, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको गुमेको भूमि फिर्ता ल्याउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले आफूप्रति लक्षित गर्दै बोलेको विषयमाथि टिप्पणी गरेका छन्। 

केहीदिनअघि दार्चुला पुगेर अध्यक्ष ओलीले दिएको अभिव्यक्तिमाथि देउवाले गरेको टिप्पणीप्रति लक्षित गर्दै ओलीले ‘कठैबरा!’ भनेका छन्।

सोमबार गण्डकी प्रदेशको पोखरामा आयोजित वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘मैले दार्चुला गएर हाम्रो गुमेको भूभाग फिर्ता ल्याउने भनेँ। त्यसको भोलिपल्ट प्रधानमन्त्री शेरबहादुर देउवाजीले मलाई जवाफ दिए, भाषण गरेर फिर्ता आउँछ? कुरा गरेर फिर्ता आउँछ? बन्दुक लिएर जानु फिर्ता आउँछ रे, म कठैबरा भन्न चाहन्छु, सम्माननीय प्रधानमन्त्री भएपनि कठैबरा किन भन्नपर्यो?’

उनले तत्कालिन कांग्रेस सभापति मातृका प्रसाद कोइरालाले चेकपोस्ट राखेपछिको घटना सुनाए। 

‘नेपालको उत्तरमा नेपाली कांग्रेसका तत्कालिन सभापति मातृका प्रसाद कोइरालाले १७ वटा भारतीय सैन्य चेकपोस्ट उत्तरमा लगेर राखे। सम्झौता गरेर,’ ओलीले सम्बोधनको क्रममा भने, ‘कृतिनिधि विष्टले यस्तो चेकपोस्ट राख्न हुँदैन्, हाम्रो स्वाधिनता, हाम्रो स्वतन्त्रता विपरित छ भनेर भन्दा भारतले चेकपोस्ट फिर्ता लग्यो।’

उनले बन्दुक लिएर विकास नहुने भन्दै प्रचण्डको संगतले यस्तो भएको पनि उल्लेख गरे। ‘बन्दुक लिएर होइन कुरा गरेर शेरबहादुर जी कुरा गरेर। बन्दुकले मान्छे मार्ने मात्रै हो, प्रचण्डको संगत गरेपछि के गर्ने भन्नुहोला। बन्दुकले केही गर्दैन, तर्क, तथ्य र सत्यले केही गर्छ।’ ओलीले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .