ad ad

राजनीति


‘सधैँ विदेशीसँग मागेर देश चल्दैन, आत्मनिर्भर बनाउने प्रतिनिधि चुनौँ’

‘सधैँ विदेशीसँग मागेर देश चल्दैन, आत्मनिर्भर बनाउने प्रतिनिधि चुनौँ’

फाइल तस्बिर


नेपालखबर
मंसिर २, २०७९ शुक्रबार १२:२५, काठमाडौँ

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आसन्न निर्वाचनबाट देशलाई सबै क्षेत्रमा आत्मनिर्भर बनाउने नेतृत्वको चयन गर्नुपर्ने बताएका छन्। 

बिहीवार ललितपुरमा भएको चिनियाँ नयाँ नेतृत्वले नेपाल र विश्व सम्बन्धमा पार्ने प्रभावबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले यस्तो बताएका हुन्। 

उनले भविष्यको नेतृत्व चयन गर्दा सधैँ विदेशीबाट ऋण लिएर राज्य सञ्चालन गर्ने नभइ देशलाई आत्मनिर्भर बनाउँछु भन्ने नेतृत्व चयन गर्न आवश्यक रहेको बताए। 

अध्यक्ष तिमिल्सिनाले आसन्न निर्वाचनबाट नेतृत्व चयन गर्दा अहिले भएका मध्येबाट राम्रो उम्मेदवारहरुलाई जिताउन आवश्यक रहेको बताए। 

उनले राजनीतिमा लागेका नयाँ युवा पुस्ताहरुले आफ्नो हस्तक्षेपकारी भूमिका निर्वाह गर्न ठोस एजेण्डासहित आउन
जरुरी रहेको बताए।

‘भविष्यको लिडरसिप अब हामीले यस्तो बनाउनुपर्‍यो की सधैँ हात थाप्ने होइन, हामी त भुनावमा जाँदा अमेरिकाले पत्याउँछ, चीनले पत्याउँछ र भोट माग्छौँ, अर्कोले पत्याइदिने ऋण दिनको लागि भोट माग्ने हो र?', उनले भने, 'ऋण नचाहिने बनाउँछु भनेर भोट माग्ने लिडरसिप हामीलाई चाहिएको हो। यस दिशामा जाने गरीकन नेतृत्व चयन गर्नुपर्छ।' 

उनले नयाँ पुस्ताहरु नेतृत्वका लागि आउनुपर्ने बताए।

'हामीले त्यो मध्येमा त राम्रो खोजौँ। नयाँ पुस्ताहरु त्यस्तो नेतृत्व गर्न म आउँछु भनेर लागौँ । अहिले केही नयाँ युवाहरु त्यसरी उम्मेदवारी दिनुभएको छ। तर ठोस एजेण्डा के हो? हस्तक्षेपकारी भुमिका हुनको लागि त्यो ढंगले आउनसक्ने हुनुपर्छ', उनले भने, 'त्यसलाई विकास गरौँ र त्यो नहुँदासम्म भएकोमध्येबाट कसले गरिरहेको छ, त्यसलाई प्रोत्साहित गर्नेतिर लागौँ।’

अध्यक्ष तिमिल्सिनाले नेतृत्वले गरेका कामबाट विश्वले नेपालको नाम लिनसक्ने बनाउन सक्षम नेतृत्वलाई जिताउन आवश्यक भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .