ad ad

राजनीति


सुर्खेत २ मा कांग्रेसलाई एमालेले उछिन्यो, १३२ मतको अग्रता

सुर्खेत २ मा कांग्रेसलाई एमालेले उछिन्यो, १३२ मतको अग्रता

नेपालखबर
मंसिर ५, २०७९ सोमबार १४:४९, सुर्खेत

सुर्खेत क्षेत्र नम्बर २ को मतपरिणाम आउँदै गर्दा नेपाली कांग्रेसलाई नेकपा एमालेले उछिनेको छ।

प्रतिनिधिसभातर्फ ११ सय ८२ मत गनिसक्दा त्यहाँ कांग्रेसका हृदयराम थानीलाई एमालेका अमृतबहादुर बिसीले उछिनेका हुन्। 

यसअघि थानीले यहाँ अग्रता लिइरहेका थिए। ताजा अवस्थामा एमालेका बिसीले ६५० मत ल्याएर अग्रता बनाएका छन्। 

अहिले १३२ मतले पछि परेका कांग्रेसका थानीले ५१८ मत ल्याएका छन्। त्यस्तै यहाँ १४ मत बदर भएको छ। 

त्यहाँ यसअघि ३२२ मत गन्दा कांग्रेसका थानी १६८ मतसहित अगाडि थिए। एमालेका बिसीले १५० ल्याएका थिए। तर अब एमाले अगाडि लागेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .