विप्लव नेतृत्वको नेकपाका उपत्यका संयोजक राजु घिमिरे (सुजन) लाई प्रहरीले पक्राउ गरेको छ।
उद्योगी व्यापारीसँग चन्दा माग गरेको र नदिएमा भौतिक कारबाही गर्ने धम्की दिएको आरोपमा उनलाई पक्राउ गरिएको हो। घिमिरेको साथबाट ६ थान मोबाईल र विप्लव माओवादीसँग सम्बन्धित विभिन्न दस्तावेजहरू बरामद गरिएको प्रहरीले जनाएको छ।
उनलाई आपराधिक लाभ लिन नहुने (एक्स्टर्सन) मुद्दामा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ।
प्रतिक्रिया