ad ad

राजनीति


हेरेको साइतमै बालुवाटारमा प्रवेश गरे प्रधानमन्त्री प्रचण्ड

हेरेको साइतमै बालुवाटारमा प्रवेश गरे प्रधानमन्त्री प्रचण्ड

बालुवाटार प्रवेश गर्दै प्रधानमन्त्री प्रचण्ड। तस्बिर : रासस


नेपालखबर
पुस १३, २०७९ बुधबार १९:१६, काठमाडौँ

ज्योतिष टीकाराम घिमिरले दिएको साइतमै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारी निवास बालुवाटार सरेका छन्। 

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड ज्योतिष घिमिरले दिएको बुधबार साँझ ५ बजेको साइतमै खुमलटारबाट बालुवाटार सरेका हुन्। 

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा पनि घिमिरेले दिएकै साइतमा बुधबार बिहान बालुवाटारबाट धुम्बाराही सरिसकेका छन्। 

बूढानीलकण्ठस्थित घर मर्मत भइरहेकाले देउवाले धुम्बाराहीस्थित भाडाको घरमा आफ्नो अस्थायी डेरा बनाएका हुन्। 

बालुवाटार सर्नका लागि ज्योतिषी टीकाराम घिमिरेसँग बुधबार अपरान्ह ५ बजेको साइत हेराएको समाचार बाहिरिएपछि न्यौपानेले पार्टी अध्यक्षसमेत रहेका प्रचण्डमाथि व्यंग्य कसेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .