ad ad

राजनीति


व्यापार मेलाले बजारलाई गुल्जार बनाइराख्न मद्दत गर्छः खाँड

व्यापार मेलाले बजारलाई गुल्जार बनाइराख्न मद्दत गर्छः खाँड

प्रकाश न्यौपाने
पुस ९, २०७६ बुधबार ११:४२,

प्रदेश पाँचको अस्थायी राजधानी रुपन्देहीको बुटवलमा औद्योगिक व्यापार मेला सुरु भएको छ। एकै थलोबाट कृषि, उद्योग, पर्यटन क्षेत्रको प्रबद्र्धन गर्ने उद्देश्यससहित बुटवल उद्योग वाणिज्य संघले मेलाको आयोजना गरेको हो।

संघले आयोजना गरेको यो २० औं संस्करणको मेला हो। बुधबार मेलाको नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक एंव पूर्वमन्त्री बालकृष्ण खाँणले उद्घाटन गरे।

खाँणले यस्ता किसिमका मेलामहोत्सवले स्थानीय उत्पादनको बजारीकरण गर्न सहयोग जनाए। अहिले सरकारी नीतिले गर्दा उद्योगी–व्यवसायी धरासायी भएको जनाउँदै उनले भने, ‘सरकारले उद्योग–व्यवसायको प्रबद्र्धन गर्न सकेन। सबैतिर मन्दी लागेको छ। तर, यस्ता किसिमका मेलाले बजारलाई गुल्जार बनाइराख्न मद्दत गछ ।’

उनले अविलम्ब नगरी रुपन्देहीलाई नै प्रदेश पाँचको स्थायी राजधानी बनाइनुपर्ने माग गरे। ‘राजनीतिक, सांस्कृितक र पर्यटकीय हिसाबले बुटवल नै स्थायी राजधानीका लागि उपयुक्त छ। यसैले कांग्रेस नेतृत्वको सरकारले अस्थायी राजधानी बुटवल तोकेको हो। अब यसैलाई स्थायी बनाइनुपर्छ’, उनले भने। उनले अस्थायी राजधानी बुटवल तोकिएकामा केहीलाई चित्त नबुझेको बताउँदै सवै सुगमताले बुटवलनै राजधानीका लागि उत्तम भएको बताए।

भारतसंगको सहजता, अन्तर्राष्ट्रिय विमानस्थल जस्ता पूर्वाधारले बुटवल नै राजधानीका लागि उपयुक्त भएको उनको भनाई थियो। विश्वमा कुनै पनि राजधानी मध्यभागमै नभएको बताउँदै राजधानी सार्ने प्रपञ्च नगर्न उनले आग्रह गरे। बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खेम हमालले मेलाले व्यापार प्रबद्र्धनमा टेवा पुग्ने बताए।

‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मूल नाराका साथ आयोजना गरिएको मेलामा ५ सय स्थल छन् । कृषि, घरेलु उत्पादन, औद्योगिक उत्पादन, हस्तकला, अटोमोबाइल्स, बैंक तथा वित्तीय संस्थाका स्टल मेलामा छन्। यस्तै, हिमाल र पहाडसहित तराईका उत्पादन पनि यहाँ राखिएको छ। मेलामा बाल उद्यान र विभिन्न पर्यटकीय क्षेत्रको चिनारी समेत राखिएको अध्यक्ष हमालले जनाए । मेला पुस २३ गतेसम्म चल्ने छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .