ad ad

राजनीति


प्रधानमन्त्री दाहाल र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता

प्रधानमन्त्री दाहाल र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता

नेपालखबर
पुस १९, २०७९ मंगलबार १९:५१, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा राष्ट्रिय सभामा रिक्त उपाध्यक्ष तथा रिक्त एक संसदको चुनावबारे छलफल भएको थियो। 
राष्ट्रिय सभामा गत फागुनदेखि उपाध्यक्ष पद खाली रहेको छ भने एमालेको तर्फबाट सांसद रहेका खिमलाल भट्टराईले राजीनामा दिएपछि लुम्बिनी प्रदेशबाट एक सांसद पद रिक्त रहेको छ।  

भेटका क्रममा राष्ट्रिय सभाबाट पारित भइ प्रतिनिधि सभामा पेश भइ निष्क्रिय भएका पाँचवटा विधयेकलाई पुनः राष्ट्रिय सभामै दर्ता गरी अगाडि बढाउन अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।

राष्ट्रिय सभामा उत्पति भइ लामो छलफलपछि पारित भएर प्रतिनिधि सभामा गएका विभिन्न पाँच विधयेक प्रतिनिधि सभाको कार्यकाल सकिएपछि निष्क्रिय भएका थिए।
 
त्यसरी निष्क्रिय भएका नेपाल मिडिया काउन्सिल विधेयक, नीती अनुसन्धान विधेयक, नेपाल विशेष सेवा विधेयक, नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, नेपाल हवाई सेवा प्राधिकरण विधयेक रहेका छन्।  

त्यसैगरी प्रधानमन्त्रीसँगको भेटमा अध्यक्ष तिमिल्सिनाले मुस्ताङको कोरला नाकामा नेपालतर्फ भन्सार कार्यालय निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन  गरी पूर्वाधार निर्माण कार्य अगाडि बढाउन आग्रह गरेका थिए।

कोरला नाकामा चीनतर्फ आवश्यक पूर्वाधार निर्माण भएपनि नेपालतर्फ पूर्वाधार नबन्दा नाका सञ्चालनमा आउन सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .