ad ad

राजनीति


राष्ट्रियसभा अध्यक्ष भन्छन्- चुनावमा बोलेका कुराहरू पूरा गरिदिए हुन्छ

राष्ट्रियसभा अध्यक्ष भन्छन्- चुनावमा बोलेका कुराहरू पूरा गरिदिए हुन्छ

फाइल तस्बिर।


नेपालखबर
पुस २३, २०७९ शनिबार १८:३५, काठमाडौँ

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राहदानी वितरणमा देखिएका झमेला तत्काल हटाउन सरकारसँग आग्रह गर्नु भएको छ।

अध्यक्ष तिमिल्सिनाले नयाँ मन्त्रीहरुले बोलेका कुरा गरिदिए मुलुकको धेरै समस्या हल भएर जाने समेत बताए।

‘‘सुशासन र सुव्यवस्था भन्ने कुरा हर क्षेत्रमा चाहिने हो नि त। सरकारी सेवामा नागरिकता बनाउँदा, अहिले पासपोर्ट दिने कुरामा पनि झमेला। अब त्यस्ता केही कुराहरु छन भने त्यसलाई तत्काल हटाउनु प¥यो। चाहे त्यो नागरिकता दिन सिफारिस दिने कुरा होस् र उद्योगधन्दा खोल्नु प¥यो, पैसा नखुवाई हुन्न भन्ने कुरा सुन्न प¥यो भने त्यो सुशासन हुुन्छ?,’ उनले भने, ‘उद्योगधन्दा गर्छु भन्दा हुँदाहुँदा कर तिर्न जाँदा पनि घुस खुवाउनु प¥यो भने त्यो कसरी सुुशासन हुन्छ? तिर्न जाँदा पनि अर्को खर्च गर्नु पर्‍यो भने त भएन नि।’

ढुवानी व्यवसायी महासंघ, नेपालले शनिबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सुशासन र सुव्यवस्था सबै ठाउँमा चाहिने भएकाले त्यसमा ध्यान दिएर सरकारले काम गर्नुपर्ने स्पष्ट पारे।

‘अबका दिनहरुमा हामी सबैले खासगरी निर्वाचित जनप्रतिनिधिहरुले मैले के गरे भनेर दैनिक हेरेर गठबन्धन सरकारको नियति त रहिरहन्छ। आलोपालो सबैलाई मन्त्री पुर्‍याउनु पर्ने हुन्छ। एउटाको बहुमत नआएपछि मिलीजुली नै सरकार जानुपर्ने हुन्छ । तर मिले पनि राम्रो गर्नका लागि मिलौं,’ उनले भने, ‘सरकार चलाउनका लािग मात्रै होइन। जे बोल्छौं त्यो गर्ने हो भने राम्रो हुन्छ। किनभने बोल्न त कसैले नराम्रो बोल्नुहुन्न। बोल्ने कुरा मन्त्रीहरुको राम्रै छ। चुनावमा भोट माग्न जाने कुरा राम्रै छ। त्यही गरिदिए त पुगिहाल्यो नि। बोलेका कुराहरु गरिदिए धेरै राम्रो हुन्छ।’

अध्यक्ष तिमिल्सिनाले गठबन्धन सरकारले मिलेर रामो काम गर्नुपर्ने बताए। अध्यक्ष तिमिल्सिनाले व्यवसायीहरुको हित प्रवद्र्धन गर्नका लागि आफूले कानुन निर्माणमा सक्दो सहयोग गर्ने बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .