राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मन्त्रीहरूको नाम टुंगो लगाएको छ। राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार राप्रपाबाट उपप्रधानसहित ४ मन्त्रीहरुको नाम टुंगो लगाएको हो।
उपप्रधानमन्त्री एवं उर्जा, जलस्रोत तथा सिंचाइमन्त्रीमा अध्यक्ष राजेन्द्र लिङ्देन, शहरी विकास मन्त्रालयमा विक्रम पाण्डे, कानुन मन्त्रालयमा ध्रुबबहादुर प्रधान र उर्जा राज्यमन्त्रीमा दिपकबहादुर सिंहको नाममा सहती भएको श्रेष्ठले जानकारी दिए।
सोमबार अबेरसम्म प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकले मन्त्रालय भागवण्डामा सहमति जुटाएका थिए।
सहमति अनुसार राप्रपालाई उपप्रधानमन्त्रीसहित तीनवटा मन्त्रालय पाएको छ भने एक राज्यमन्त्री पाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्।
मंगलबार दिउँसो मन्त्रिपरिषद विस्तार गर्दैछन्। प्रतिनिधि सभामा राप्रपाबाट १४ जना सांसद छन्।
Shares
प्रतिक्रिया