नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस सरकारमा आउन मरिहत्ते गरिरहेको बताएका छन्।
बिहीबार बिहान विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानीका क्रममा उनले यस्तो बताएका हुन्।
ओलीले राष्ट्रिय सहमतिको नाममा कांग्रेसले राष्ट्रपति पद मागेर राजनीतिक संस्कार नदेखाएको टिप्प्णी पनि गरेका छन्।
तर उनले कांग्रेसले राष्ट्रपति हामीलाई दिनुपर्छ, हामीले पाउनुपर्छ भन्नु अनौठो नभएको बताए।
'अहिले राष्ट्रपतिको उम्मेदवार सत्ता पक्षबाटै हुन्छ', उनले भने, 'कांग्रेसले राष्ट्रपति पद खोजेर राजनीतिक चरित्र देखाएन।'
उनले कांग्रेस राज्यमन्त्री दिए पनि सरकारमा आउने बताए। 'गृहमन्त्रीको कुरा छाडौँ, कांग्रेस त गृहराज्यमन्त्री दिए पनि सरकारमा आउँछ।'
51
Shares
प्रतिक्रिया