ad ad

राजनीति


मुस्लिमलाई पुनः ‘मधेशी’मा राख्न मुस्लिम आयोगको आग्रह

मुस्लिमलाई पुनः ‘मधेशी’मा राख्न मुस्लिम आयोगको आग्रह

नेपालखबर
माघ १९, २०७९ बिहिबार १४:३९, काठमाडौँ

मुस्लिम आयोगले मुस्लिमलाई पुनः मधेशीकै रुपमा सिफारिस पाउनको लागि आवश्यक व्यवस्थापन गरिदिन मधेशी आयोगसँग अनुरोध गरेको छ।

मुस्लिम आयोगले मधेशी आयोगलाई एक पत्र पठाउँदै मधेशी आयोगले मुस्लिमलाई मधेशीको सूचीबाट हटाएपछि मुस्लिमहरुले मधेशीको सिफारिस पाउन अवरोध देखिएको हुनाले सो अवरोधलाई हटाइदिन अनुरोध गरेको छ।

मधेशी आयोगद्वारा प्रकाशित ‘मधेशी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन २०७८’ मा १४९ जात सहित थारु र मुस्लिमलाई पनि मधेशीको रुपमा सूचिकृत गरिएको थियो।

प्रतिवेदन राष्ट्रपति समक्ष पेश भएपछि मुस्लिम र थारु आयोगका पदाधिकारीहरु सहित सो समुदायका विभिन्न संघ–संगठनहरुले मधेशी आयोगको सो निर्णयप्रति व्यापक विरोध गरेपछि आयोगले मङ्सिर २० गते बैठक बसी थारु र मुस्लिमलाई मधेशीको सूची बाट हटाएको थियो।

मधेशीको सूचीबाट मुस्लिमलाई हटाएपछि अहिले लोकसेवा लगायत विभिन्न निकायहरुमा प्रतिस्पर्धा गर्न मुस्लिम समुदायलाई सम्बन्धित निकायबाट मधेशीको सिफारिस पाउन अवरोध देखिएको कुरा मुस्लिम आयोगको पत्रमा उल्लेख गरिएको छ।

मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तका अनुसार मधेशी आयोगले सुरुवातमा सबैलाई समेटेर नै आयोग अगाडि बढ्न खोज्दा सोही समुदाय र सम्बन्धित समुदायका आयोगका पदाधिकारीहरुबाट व्यापक विरोध भएपछि आयोग बाध्य भएर थारु र मुस्लिमलाई मधेशीको सूचीबाट हटाएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .