ad ad

राजनीति


अहिलेका प्रधानमन्त्री प्रचण्ड होइनन्, केपी ओली हुन् : केसी

अहिलेका प्रधानमन्त्री प्रचण्ड होइनन्, केपी ओली हुन् : केसी

नेपालखबर
माघ २२, २०७९ आइतबार १६:४३, काठमाडौँ

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल नभइ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नै भएको बताएका छन् ।

प्रतिनिधि सभाको आइतवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले ओलीका सबै भनाइहरु सुन्दा आफूले उनी नै प्रधानमन्त्री रहेको निस्कर्ष निकालेको बताए।

उनले भने, ‘मैले के निस्कर्ष निकालेको छु भने अहिलेका प्रधानमन्त्री माननीय पुष्पकमल दाहाल होइन, उहाँ नै हो। उहाँलाई चिन्ता पुष्पकमलले सहमतिमा जानुपर्छ भन्दा २६ गते नै आतंकित हुनभएको छ। अहिले उहाँले गरेका कुरा गणतन्त्र र २०६२/०६३ को आन्दोलनका उपलब्धिका लागि हानीकारक छ।’

उनले प्रधानमन्त्री दाहाललाई कांग्रेसले पुस २६ गते विश्वासको मत दिएसँगै ओली आतंकित भएको बताए। उनले अध्यक्ष ओलीका कुराहरु गणतन्त्र र २०६२/०६३ को आन्दोलनका उपलब्धिका लागि हानीकारक रहेको बताए। 

केसीले एमाले अध्यक्ष ओलीले आप्रवासी नेपालीको समस्याका बारेमा आज आएर गोहीको आँशु बगाएको भन्दै व्यंग्य गरे।

उनले भने, ‘अघि पूर्वप्रधानमन्त्रीले जे कुरा गर्नुभयो, नयाँ आएका साथीहरुलाई आश्चर्य लाग्नसक्छ। उहाँले रनभुल पार्न सक्नुहुन्छ। हामी त संसदमा पहिल्यैदेखि छौँ नि। उहाँलाई देखेका छौँ, सरकारमा, संसदमा बसेका छौँ। उहाँले जे जति आकाश पाताल जोडेर कुरा गर्नुभयो, त्यसको मुख्य कारण नेपाली काँग्रेसले राष्ट्रपतिमा जुल्कीहुल्की गरेको हुनाले सातोपुत्लो गएको छ, मुख्यकुरा त्यही हो। प्रवासीहरुको बारेमा गोहीको आँशु बगाउनुभयो, हामीले शुरुदेखि नै प्रवासीले नोट काम लाग्ने मताधिकार दिनुपर्छ भनेका थियौँ, उहाँले गोहीका आँशु निकाल्नुभयो।’

उनले पूर्वप्रधानमन्त्री र पूर्व सभामुखहरुलाई पनि बोल्ने समय तोक्नुपर्ने बताए।

उनले भने, ‘२०६४ तिर की कता हो, पूर्व प्रधानमन्त्री र सभामुखले जति बोलेपनि हुने, पूर्वप्रधानमन्त्री एक जना नाम अहिले नलिऔँ, उहाँले ३९ मिनेट बोल्नुभयो, त्यतिबेला र आफ्नो भाषणा छोड्ने बेलामा मेरा दुई शब्द यही टुंग्याउँछु भनेर छोड्नुभयो, बोल्ने बेलामा ३९ मिनेट बोल्ने, त्यसैले सभामुखज्यु, पूर्वप्रधानमन्त्रीहरु र सभामुखहरुले जति बोल्नुहुन्छ, त्यत्ति समय दिनु हुँदैन, उहाँहरुलाई पनि समय निश्चित गर्नुपर्छ। आजको बोलिबाट मैले त्यही पहिलेको ०६४ कै पूर्वप्रधानमन्त्रीले ३९ मिनेट फटफटाएर मेरो दुई शब्द यहीँ टुंग्याउँछु भन्ने।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .