सत्तारुढ दल नेकपा (एमाले) का उपमहासचिव एवम् प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले सत्तारुढ गठबन्धन भित्रैबाट राष्ट्रपति बन्ने बताएका छन्।
उपमहासचिव गुरुङले एमालेलाई राष्ट्रपति दिने सहमति सत्तारुढ दलहरुबीच भइसकेको उल्लेख गर्दै त्यसमा पनि राष्ट्रिय सहमति जुटाउन पहल गर्ने बताए।
आइतवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उनले आफू राष्ट्रपतिको दौडमा नरहेको स्पष्ट पारे।
‘गठबन्धनभित्रकै मान्छे राष्ट्रपति हुन्छ जो भए पनि, गठबन्धनभित्रको सहमति एमालेलाई राष्ट्रपति दिने हो। त्यसैमा राष्ट्रिय सहमतिको खोजि गर्ने हो सकभर', उनले भने, 'राष्ट्रिय सहमति भएन भने सत्तारुढ दलहरुबीचको सहमतिमा हुन्छ नि। राष्ट्रपति एमालेभित्रै छ नि!'
उनले आफ्नो चर्चा भए पनि राष्ट्रपतिको दौडमा नरहेको बताएका छन्। उपमहासचिव गुरुङले सत्तारुढ दलहरुले राष्ट्रपतिमा कांग्रेसलाई मतदान गर्ने सम्भावना नरहेको बताए।
Shares
प्रतिक्रिया