ad ad

राजनीति


संस्कृतिको सम्मान गर्नु नेपालीको पहिचान हो : सभामुख

संस्कृतिको सम्मान गर्नु नेपालीको पहिचान हो : सभामुख

नेपालखबर
फागुन ९, २०७९ मंगलबार ८:४३, काठमाडौँ

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका हरेक जातजातिका आआफ्ना विशिष्ट रीतिरिवाज, चाडपर्व र संस्कृति भए पनि सबै जातजातिको धर्म, संस्कार र संस्कृतिको सम्मान गर्नु नेपालीको पहिचान भएको बताएका छन्।

शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायको नयाँ वर्ष (ग्याल्पो ल्होसार)का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण शेर्पा दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिको शुभकामना व्यक्त गर्दै उहाँले सो कुरा व्यक्त गरेका हुन्।

‘संविधानले समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने सङ्कल्प गरेको छ’, यस पर्वले नेपालीका सबै चाडपर्व, भाषा, वेशभूषा, धर्म, संस्कृति र परम्पराको संरक्षण र सम्वर्द्धन गर्न हामी सबैलाई थप हौसला प्रदान गरोस् भन्ने कामना गर्दछु’, सन्देशमा भनिएको छ। 

ग्याल्पो ल्होसार पर्वले नयाँ उत्साह र उमङ्ग छर्दै न्यायपूर्ण, सभ्य, सुसंस्कृत र प्रगतिशील समाज निर्माणमा अग्रसर हुन प्रेरणा प्रदान गरोस् भन्ने उहाँको कामना  छ।

सभाुमख घिमिरेले हिमाली भेगमा बसोबास गर्ने शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसार नेपाली राष्ट्रिय संस्कृतिको अभिन्न अङ्ग रहेको उल्लेख गर्दै नेपाल जातीय, भाषिक, धार्मिक एवं सांस्कृतिक विविधताले सम्पन्न मुलुक रहेको बताएका छन्।

नेपाली बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिकरूपमा रहेका र विविधतायुक्त हाम्रो समाज नेपालको संविधानमा देखिएको उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .