ad ad

राजनीति


प्रचण्ड पाँच दलीय गठबन्धनमा फर्किए एमालेले सरकार छाड्न सक्छ : योगेश भट्टराई

प्रचण्ड पाँच दलीय गठबन्धनमा फर्किए एमालेले सरकार छाड्न सक्छ : योगेश भट्टराई

रुकुम पश्चिममा आयोजित पत्रकार सम्मेलनमा एमाले सचिव योगेश भट्टराई


नेपालखबर
फागुन ११, २०७९ बिहिबार १३:१६, काठमाडौँ

नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले आफूहरुले प्रस्ताव गरेकै उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने दाबी गरेका छन्। 

प्रेस चौतारी नेपाल रुकुम पश्चिमले बिहीबार पार्टी कार्यालयमा गरेको पत्रकार भेटघाटमा नेता भट्टराईले अहिलेको सत्ता गठबन्धनमा पुस १० गते भएको सहमतिअनुसार राष्ट्रपति हुने बताए। 

केही नेताले सहमतिविपरीत गैरजिम्मेवार अभिव्यक्ति दिएको आरोप लगाउँदै उनले सत्ता गठबन्धनमा प्रधानमन्त्री माओवादीलाई, राष्ट्रपति र सभामुख एमालेलाई दिने सहमतिअनुसार फागुन २५ मा परिणाम आउने बताए।

उनले एमालेले राष्ट्रपतिको उम्मेदवार बनाउने पात्र नटुङ्गिएको बताए। राष्ट्रपतिको निर्वाचनमा निश्चित र निर्वाचित सदस्यबाटै मतदान गर्ने भएकाले नाम टुङ्ग्याउन हतार नगरेको उनले बताए। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सत्ता साझेदारी टुटेको घोषणा नगरेको उनले उल्लेख गरे। भट्टराईले  हरेक राजनीतिक दलहरु निर्णय लिन स्वतन्त्र रहेको पनि उल्लेख गरे। 

माओवादी केन्द्रले नेपाली कांग्रेस नेतृत्वको पुरानै गठबन्धनमा फर्किएर राष्ट्रपति चय एमाले के गर्छ? भन्ने पत्रकारहरुको जिज्ञासामा भट्टराईले दुईवटा डुंगामा खुट्टा नराखी सरकार छाड्ने अवस्था आउने पनि बताए।

उनले एमालेले देशभर दुई महिने ‘मिसन ग्रास रुट’ अभियान सञ्चालन गरेको जानकारी दिए। उनले देशका ७ सय ५३ वटै पालिकामा दुई महिने अभियान चलाएर संगठन सुदृढीकरण तथा विस्तार गर्न लागिएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .