ad ad

राजनीति


राष्ट्रपति निर्वाचनमा एक्लियो एमाले, सात दलीय गठबन्धनका सबैले छाडे साथ

राष्ट्रपति निर्वाचनमा एक्लियो एमाले, सात दलीय गठबन्धनका सबैले छाडे साथ

फाइल तस्बिर


नेपालखबर
फागुन २५, २०७९ बिहिबार १८:९, काठमाडौँ

पुस १० गते सात दलीय गठबन्धन बनाएको नेकपा एमाले राष्ट्रपति निर्वाचनसम्म एक्लिएको छ।

यद्यपि राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङले पार्टीबाहिरका कम्तीमा ३ सांसदको मत भने पाएका छन्। 

ती सांसद को हुन् भनेर खुल्न सक्ने सम्भावना कम छ। स्वस्तिक छाप प्रयोग गरेर गोप्य मतदान भएकाले एमालेले पाएको मत दिनेको विवरण खुल्न सक्ने सम्भावना नभएको हो।

राष्ट्रपति चुनावमा राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले एमाले उम्मेदवार नेम्वाङलाई साथ दिने विश्वास गरिएको थियो।

तर, राप्रपाले तटस्थ बस्ने र रास्वपाले अन्तिम क्षणमा रामचन्द्र पौडेललाई मत दिने पक्षमा उभिएपछि एमाले एक्लिएको हो। 

प्रतिनिधि सभाको ४ मंसिरको चुनावपछि नयाँ सरकारको गृहकार्यमा लाग्दा एमालेले राप्रपा र रास्वपाका नेताहरुको साथ पाएको थियो।

त्यही साथले १० पुसमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा ती सबै एउटै गठबन्धनमा उभिए। 

तर, राष्ट्रपति चुनावमा भने एमाले एक्लै भएको छ। एमालेसँगको समझदारी तोड्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कांग्रेससँग मिलेपछि अन्य दलले साथ छाडेका थिए।

बिहीबार भएको चुनावमा कांग्रेससहित १० दलको समर्थन पाएका रामचन्द्र पौडेल निर्वाचित भए। उनले ३३ हजार ८०२ मतभार पाएका छन्। 
तर, एमालेका तर्फबाट राष्ट्रपति उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले १५ हजार ५ सय १८ मतभार पाएका छन्। 

यस चुनावमा एमालेका महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित एमाले सांसद लक्ष्मी कोइरी अनुपस्थित रहे।

राप्रपाका प्रतिनिधि सभाका १४ र प्रदेश सभाका २८ सांसदले मतदानमा सहभागीता जनाएनन्। यस्तै नेपाल मजदूर किसान पार्टीले पनि

चुनावमा भाग लिएन। उसको प्रतिनिधि सभामा १ र प्रदेश सभामा ३ सांसद छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .