चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवार तय गर्न नेकपा एमालेले शनिबार बिहान ९ बजेका लागि सचिवालय बैठक डाकेको छ।
ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय मुख्यालयमा शनिबार बिहान ९ बजे सचिवालय बैठक बसेर उपराष्ट्रपतिको उम्मेदवार तय गरिने उपमहासचिव एवम् प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।
उक्त बैठकमा उपराष्ट्रपतिको उम्मेदवारीसँगै बिहीबार भएको राष्ट्रपति निर्वाचनबारे पनि समीक्षा गर्ने तयारी छ।
उपराष्ट्रपतिका लागि निर्वाचन आयोगले शनिबार उम्मेदवारी दर्ताको कार्यतालिका तोकेको छ। उता सत्ता गठबन्धनले पनि शुक्रबार अबेरसम्म उपराष्ट्रपतिको उम्मेदवार तय गरिससकेको छैन।
123
Shares
प्रतिक्रिया