तनहुँ क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले उम्मेदवारी दर्ता गराएका छन्।
प्रतिनिधिसभाका लागि एमालेले टिकट दिएपछि उनले चुनावी तयारी थालेका हुन्। खनालले सोमबार दिउँसो दमौलीस्थित मुख्य निर्वाचन अधिकृत कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन्।
अहिलेसम्म तनहुँ १ मा राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर राना र नेपाल मजदुर किसान पार्टीका रामप्रसाज प्रजापतिको उम्मेदवारी परेको छ।
उक्त क्षेत्रबाट मंसिर ४ गते भएको निर्वाचनमा विजयी रामचन्द्र पौडेल राष्ट्रपति बनिसकेका छन्। यस्तो अवस्थामा आगामी वैशाख १० गते रिक्त स्थानका लागि चुनाव हुँदैछ।
यो क्षेत्रमा नेपाली कांग्रेसका गोविन्द भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम र एमालेका खनालबीच कडा प्रतिस्पर्धा हुने अनुमान छ।
36
Shares
प्रतिक्रिया