तनहुँ– क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले आफ्नो जित सुनिश्चित गरेका छन्। प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईसँग रहेको मतान्तरभन्दा कम मत गन्न बाँकी भएसँगै वाग्लेले जित सुनिश्चित गरेका हुन्।
पछिल्लो मतपरिणाम अनुसार वाग्लेले ३० हजार २२४ मत प्राप्त गरेका छन्।
तनहुँको मतगणना अन्तिम चरणमा छ। सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार बनेका गोविन्द भट्टराईले १७ हजार ७४० मत प्राप्त गरेका छन्।
त्यस्तै, नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका सर्वेन्द्र खनालले ७ हजार ९८८ मत प्राप्त गरेका छन्।
यहाँ सुरुदेखि नै रास्वपाका वाग्लेले अग्रता लिएका थिए। ६३ हजार ७५९ मत खसेको तनहुँ–१ को परिणाम बिहानसम्म मंगलबार बिहानसम्म आइसक्नेछ।
84
Shares
प्रतिक्रिया