ad ad

राजनीति


रविसँग हार पक्का भएपछि रामप्रसादको प्रतिक्रिया : निर्वाचन प्रतिस्पर्धा स्वभाविक प्रक्रिया

रविसँग हार पक्का भएपछि रामप्रसादको प्रतिक्रिया : निर्वाचन प्रतिस्पर्धा स्वभाविक प्रक्रिया

फाइल तस्बिर


नेपालखबर
बैशाख १२, २०८० मंगलबार १०:१३, काठमाडौँ

चितवन क्षेत्र नम्बर २ मा भएको प्रतिनिधि उपनिर्वाचनमा अपेक्षित मत नआएपछि नेकपा एमालेका रामप्रसाद न्यौपानेले हारजित स्वभाविक प्रक्रिया भएको बताएका छन्।

पछिल्लो मत परिणामअनुसार ८ हजार ३२९ मत सहित तेस्रो स्थानमा रहेका उनले हारजितलाई सहज रुपमा लिने बताएका छन्। 

न्यौपानेले हार स्वीकार्दै भनेका छन्, ‘निर्वाचनमा जितहार स्वभाविक प्रक्रिया हो, सहज रुपमा लिएको छु। जस्तोसुकै अप्ठयारो परे पनि जनताको सेवा र चितवनको विकास तथा समृद्धिका लागि लडिरहनेछु।’

पछिल्लो परिणामअनुसार चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछानेको फराकिलो अग्रता छ।

चितवन २ मा कांग्रेसका जितनारायण श्रेष्ठले ८ हजार ४२५ मत ल्याएर दोस्रो स्थानमा छन्। रवि लामिछानेले ४५ हजार ८४२ मतसहित जित पक्का गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .