ad ad

राजनीति


राष्ट्रपति पौडेलले भारतमा लागेको उपचार खर्च आफैँ बेहोर्ने

राष्ट्रपति पौडेलले भारतमा लागेको उपचार खर्च आफैँ बेहोर्ने

नेपालखबर
बैशाख १९, २०८० मंगलबार १२:३४, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा लागेको उपचार खर्च आफैँ बेहोर्ने भएका छन्।

उनले भारतको नयाँ दिल्लीस्थित अखिल नेपाल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार गर्दा लागेको खर्च आफैँ बेहोर्ने भएका हुन्।

राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले एम्समा भएको उपचार खर्च राष्ट्रपति आफैँले ब्यहोर्न चाहेको बताएका छन्। 

‘उपचारका क्रममा भएको उपचार खर्च सम्माननीय राष्ट्रपतिज्यू स्वयम्‌ले बेहोर्न चाहेको कुरा जानकारीका लागि अवगत गराइन्छ,’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

हिजो मात्र नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगन थापाले राष्ट्रपतिलाई आफ्नो उपचार खर्च आफैँ बेहोर्न आग्रह गरेका थिए। 

स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि यही वैशाख ६ गते भारत गएका राष्ट्रपति पाैडेल गत आइतबार राति स्वदेश फर्किएका थिए। 

स्वदेशमा उपचार नगरी विदेश गएको भनी कतिपयले राष्ट्रपति पाैडेलको आलोचना गरिरहेका बेला उनी आफैँले उपचार खर्च बेहोर्ने घोषणा गरेका हुन्।

हेर्नुहोस् राष्ट्रपतिको विज्ञप्ति-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .