ad ad

राजनीति


संसद भवनमा एमाले संसदीय दलको बैठक

संसद भवनमा एमाले संसदीय दलको बैठक

संसद भवनमा एमाले संसदीय दलको बैठक। तस्बिर : दिनेश भण्डारी


नेपालखबर
बैशाख २४, २०८० आइतबार १३:५१, काठमाडौँ

संघीय संसदको बैठकअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलको बैठक बसिरहेको छ। 

आइतवार दिउँसो साढे १ बजेदेखि संसद भवन नयाँ बानेश्वरमा संसदीय दलको बैठक बसिरेहको छ। उक्त बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन्।

सरकारबाट राष्ट्रिय स्वतन्त्र पार्टी बाहिरिएसँगै प्रतिपक्षी समूह बलियो बनेको छ। यस्तोमा एमालेले संसदमा पार्टीको आगामी रणनीति, बजेट निर्माणमा पार्टीका धारणासहितका विषयमा रणनीति बनाउने छ। 

त्यसैगरी एमाले सचिव समेत रहेका संघीय सांसद टोपबहादुर रायमाझीविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेपछिको अवस्थाबारे पनि बैठकमा अध्यक्ष ‌ओलीले कुरा राख्न सक्नेछन्। 

रायमाझी पक्राउ पुर्जी जारी भएयता सम्पर्कबाहिर छन्। ओलीले पनि उनी आफ्नो सम्पर्कमा नरहेको स्पष्टीकरण दिइरहेका छन्। 

बैठकमा सम्बोधनका क्रममा एमाले अध्यक्ष ओली। तस्बिर : दिनेश भण्डारी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .