ad ad

राजनीति


कताबाट फैलियो चीनले गोर्खा सैनिक भर्ती गर्ने ‘खबर’?

कताबाट फैलियो चीनले गोर्खा सैनिक भर्ती गर्ने ‘खबर’?

नेपालखबर
बैशाख २८, २०८० बिहिबार २२:२२, काठमाडौँ

गएको साता भारतीय सञ्चारमाध्यममा नेपाली गोर्खाहरुलाई चिनियाँ जनमुक्ति सेनाले भर्ती गर्नसक्ने खबर प्रकाशित भएका छन्। 

भारतको अग्निवीर योजनाका कारण भारतीय सेनामा गोर्खा भर्ती रोकिएको बेला चीनले मौका छोप्न आँटेको ती खबरको मजबुन छ। कुनै आधिकारिक सूचनाबेगर दिइएका खबरलाई एकपछि अर्को सञ्चारमाध्यमले टिपेको देखिन्छ।

५ मार्चमा फर्स्ट पोस्टले यससम्बन्धी समाचार प्रकाशित गरेको थियो। जसमा चीनले गोर्खा सैनिक भर्ती गर्न खोजेको र अग्निपथका कारण भारतीय सेनामा गोर्खा भर्ती रोकिएको यो क्षण चीनका लागि मौका हुने बताइएको छ।

१० मार्चसम्म पनि यो चर्चा सेलाएको छैन। बुधबार दि वायरले भारतीय सेनाका भूपू अधिकारीहरुलाई उधृत गर्दै चीनको यो प्रयासबाट भारत चिन्तित हुनुपर्ने जनाएको छ। युट्युबमा पनि यसबारे थुप्रै भिडिओ पोस्ट गरिएका छन्।

तर, यो खबरको जन्मदाता भने भारतीय–क्यानडेली डिजिटल न्युज साइट युरेसेयिन टाइम्स देखिन्छ। ऋतु शर्माको बाइलाइनमा टाइम्सले लेखेको छ : चीन गोर्खा सैनिक भर्तीका लागि ‘इच्छुक’ छ– के चीन बेलायत र भारतपछि यी निडर सैनिक भर्ती गर्ने तेस्रो मुलुक बन्ला?

तर, यो खबर पनि भरपर्दो सूचनामा नभई हल्लामा आधारित देखिन्छ।

अग्निवीर योजनाका कारण नेपाली युवाका लागि भारतीय सेनाको रोजगारी आकर्षक नरहेको, नेपालको कम्युनिस्ट सरकारले भारतीय सेनामा गोर्खा भर्ती रोकेको र विगतमा गोर्खा सैनिक भर्ती गर्ने चीनको प्रयास असफल भएको दाबी गर्दै टाइम्सले पछिल्लो विवाद र नेपालमा चीनअनुकूल वातावरणका कारण गोर्खा सैनिक पीएलएमा भर्ती हुने बाटो खुल्ने उल्लेख छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .