ad ad

राजनीति


च्यासलमा एमाले स्थायी कमिटीको बैठक

च्यासलमा एमाले स्थायी कमिटीको बैठक

च्यासलमा शनिबार बिहान आयोजित एमाले स्थायी कमिटीको बैठक


नेपालखबर
बैशाख ३०, २०८० शनिबार ९:४३, काठमाडौँ

नेकपा एमालेको स्थायी कमिटीको बैठक सुरु भएको छ।

बैठक एमाले केन्द्रीय कार्यालय (च्यासल) मा केही बेरअघि सुरु भएको हो। 

च्यासलमा सुरु एमाले स्थायी कमिटीको बैठक।

एमाले स्थायी कमिटीका सदस्य शेरबहादुर तामाङका अनुसार बैठकले केन्द्रीय कमिटी बैठकमा भएको समूहगत छलफलबाट प्राप्त सुझावका आधारमा वार्षिक कार्ययोजना बनाउनेछ। 

‘अनि उक्त कार्ययोजना आजै बस्ने केन्द्रीय कमिटी बैठकमा पेस गरिनेछ’, उनले भने। 

आज दिउँसो १ बजे केन्द्रीय कमिटीको बैठक बस्ने र समापन गरिने उनले जानकारी दिए। पार्टी केन्द्रीय कार्यालयमा बिहीबारदेखि जारी एमालेको केन्द्रीय कमिटीको बैठक आज सक्न लागिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .