ad ad

राजनीति


एमालेले कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने

एमालेले कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने

नेपालखबर
बैशाख ३०, २०८० शनिबार २१:१८, काठमाडौँ

नेकपा एमालेले कम्युनिस्ट पार्टीको ‘अन्तर्राष्ट्रिय सम्मेलन’ गर्ने भएको छ। एमालेको ललितपुरस्थित पार्टी मुख्यालयमा तीन दिनसम्म चलेको केन्द्रीय कमिटीको बैठकले नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ७५ वर्षका अवसरमा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो। 

विश्व कम्युनिस्ट आन्दोलनका लागि नेपालको कम्युनिस्ट आन्दोलन उदाहरणीय रुपमा रहेकाले यही वर्ष कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागिएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। 

‘जनताको बहुदलिय जनवादका माध्यमबाट हामीले कम्युनिस्ट आन्दोलनमा  ठूलो योगदान दिएका छाैँ। आजको सन्दर्भलाई लिएर मार्क्सवादको सिर्जनात्मक प्रयोग लिएर विश्वका कम्युनिस्ट पार्टीको सम्मेलन गर्न थालेका छौँ’, उनले भने। एमालेले पार्टीलाई यहाँसम्म ल्याउन सहयोग गर्ने, आफ्नो जीवनलाई दाउमा राखेर सेल्टर उपलब्ध गराउनेको सम्झना गर्दै ‘सेल्टर पुस्तक’ प्रकाशन गर्ने निर्णय गरेको छ। एमालेले नेपालको कम्युनिस्ट आन्दोलनको विकासका क्रममा विभिन्न  ऐतिहासिक ठाउँले भूमिका निर्वाह गरेको र ती ठाउँको संरक्षण तथा प्रवर्द्धन गर्न स्मारक निर्माण गर्ने निर्णय गरेको उपप्रमुख रिजालले जानकारी दिए। 

यसैगरी एमालेले दुई महिने ग्रासरुट अभियानलाई निरन्तरता दिने निर्णय गरेको छ। पार्टी निर्माणका लागि केन्द्रीय सदस्यले आफ्नो भूगोलभन्दा बाहिर गएर एक वर्षसम्म योगदान गर्ने निर्णय गरेको उनले जानकारी दिए। ‘एक वर्षसम्म केन्द्रीय कमिटीका नेता फरक भूगोलमा गएर पार्टी निर्माणमा खट्नुहुने छ’, रिजालले भने, ‘मिसन ग्रासरुट अभियानकै क्रममा निरन्तरता दिन केन्द्रीय नेता फरक जिल्लामा गएर पार्टी सङ्गठन सुदृढीकरण अभियानमा खटिनुहुने छ।’ यही वैशाख २८ गते सुरु एमाले केन्द्रीय कमिटीको बैठक आज सकिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .