ad ad

राजनीति


‘कोशी प्रदेश’का प्रस्तावक पूर्वमन्त्री राम रानामाथि आक्रमण, गाडी तोडफोड

‘कोशी प्रदेश’का प्रस्तावक पूर्वमन्त्री राम रानामाथि आक्रमण, गाडी तोडफोड

एमाले सांसद रानाको क्षतिग्रस्त गाडी


नेपालखबर
जेठ ३, २०८० बुधबार १९:५७, काठमाडौँ

‘कोशी प्रदेश’ नाम राख्ने क्रममा प्रस्तावक नेकपा एमालेका प्रदेश सभा सदस्य राम राना सवार गाडीमा पहिचानवादीले बुधबार आक्रमण गरेका छन्। 

नेकपा एमालेका केन्द्रीय सदस्य एवम् कोशी प्रदेशका पूर्वमन्त्रीसमेत रहेका राना सवार गाडीमा पहिचानवादीले ढुंगामुढा गरेर फुटाइदिएका हुन्। 

इलामको माङसेबुङ गाउँपालिकामा राना सवार गाडीमाथि पहिचानवादीले ढुंगामुढा गर्दा पछाडीको शिशासहितको भागमा क्षति पुगेको छ।

उक्त घटनालाई लिएर एमालेले आपत्ति प्रकट गरेको छ। एमाले कोशी प्रदेश संसदीय दलका उपनेता रानामाथि भएको आक्रमणको एमालेले भर्त्सना गरेको हो।

एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले विज्ञप्ति निकालेर घटनामा संलग्नलाई पक्राउ गरी  कारबाही गर्न माग गरेका छन्। उनले शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन पनि गठबन्धन सरकारसँग माग गरेका छन्। 

यसअघि गत १७ फागुनमा एमाले र नेपाली कांग्रेसका सांसद मिलेर प्रदेशको नामसम्बन्धी प्रस्ताव दर्ता गराएका थिए। 

त्यसबेला कोशी नामका लागि एमाले सांसद राम रानामगर प्रस्तावक बसेका थिए। त्यसैगरी कांग्रेस सांसद भूमिप्रसाद राजवंशी र एमालेका अर्का सांसद निरन राई समर्थक थिए। 

एमाले सांसद मगर इलाम-२ (ख)‚ कांग्रेस सांसद झापा-३ (क) राजवंशी र एमाले सांसद राई धनकुटा (क) बाट विजयी भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .