नेपाल समाजवादी पार्टी (नेसपा) को केन्द्रीय समिति बैठक आज (बिहीबार) सुरु हुँदै छ।
भक्तपुरमा बस्ने बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी योजना तथा कार्यक्रमबारे निर्णय गर्ने नेसपा नेताहरूले बताएका छन्।
बैठकमा अध्यक्ष बाबुराम भट्टराईले राजनीतिक प्रतिवेदन पेस गर्नेछन्। ‘अबको राष्ट्रको संकल्प : नयाँ समाजवादी विकल्प’ शीर्षकको २३ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा केन्द्रीय सदस्यले सुझाव दिनेछन्।
साथै बैठकमा सांगठनिक प्रस्ताव पनि बैठकमा पेस हुने तथा पार्टीको विधान मस्यौदाको तयारीबारे पनि छलफल जनाइएको छ।
बैठक आज र भोलि २ दिन चल्ने नेसपाले जानकारी दिएको छ।
78
Shares
प्रतिक्रिया